Butwal Today

बाँकेमा बस दुर्घटना : ७ जनाको मृत्यु, ३० घाइते

२३ भाद्र २०८०, शनिबार
अ+
अ-

बाँके, २३ भदौ ।

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा ठाकुरबाबा ९ का ५० वर्षीय कांशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिव ४० वर्षीया जयन्ती थारु, वडा नम्बर ७ का ६५ वर्षीय साधुराम थारु, वडा नम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय वसन्मृत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते २९ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वन उपभोक्ता समूहका पदाधिकारी बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा दुर्घटना भएको हो।  दुर्घटनामा ज्यान गुमाउने सबै एकै गाउँका भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?