ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
विचार

पुष्पलालको सपना पूरा गर्नेतर्फ लागौं

७ श्रावण २०८०, आइतबार
७ श्रावण २०८०, आइतबार

आज साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झना गर्ने दिन पुष्पलाल स्मृति दिवस । पुष्पलाल जसले नेपालमा कम्युनिष्ट आदर्शको स्थापना, विकास तथा सुदृढीकरणमा लागि जुन बेलादेखि संघर्ष प्रारम्भ गर्नुभयो त्यसको अभाव निरन्तर चल्दै रह्यो र कुनै पनि संकट चुनौती आँधीबेरीले उहाँलाई कहिल्यै विचलित गर्न सकेन । उहाँले नेपालका वहुसंख्यक श्रमजीवि शोषित पीडित जनताको हितहरूको पक्षपोषण गर्ने राजनीतिक संगठन नेपाल कम्युनिष्ट पार्टीको जन्म मात्र दिनु भएन, वि सं २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने काम देखि पार्टीको संगठन बिस्तार र पार्टीको पक्षबाट जनताको अधिकारहरूको रक्षाका निम्ति संघर्ष र राष्ट्रियताको पक्षमा निरन्तर ढृढतापूर्वक लागि रहनुभयो । आज दुःख एवं खेदका भन्न परिरहेको छ– कम्युनिष्टको नकाब भिरेका गैर कम्युनिष्ट चरित्रका छद्मभेषी तत्वहरू कम्युनिष्ट पार्टीको नेतृत्वमा हावी छन् । नेपाली अनुहारका विदेशी एजेन्ट यो वा त्यो नाममा कम्युनिष्ट पार्टीभित्र घुसपैठ गरी पार्टीको अस्तित्व मात्रै होईन देशकै अस्तित्वमाथि पनि धावा बोलिरहेका छन् । तर जनता अझै के भ्रममा छन् भने भ्रष्टाचार, राष्ट्रघात, संगठित अपराध, कुशासन, देशद्रोही, जनघात र छलकपटजस्ता सांघातिक रोगले ग्रस्त यो तत्वहरू हाम्रा सहारा हुन् । हाम्रो प्रजातान्त्रिक अधिकार वृहत्तर हितका लागि यी बाहेक अरू कसैको सामथ्र्याले काम गर्न सक्दैनन् । चाहे जतिसुकै कुकर्म गरुन यिनीहरूको निम्ति यी सबै क्षम्य छन् । यिनको बिकल्प अरू कुनै हुन सक्दैन भन्ने मनोविज्ञानबाट पार्टीका अन्य अन्धभक्त कार्यकर्ता, अवोध मतदाता, आम सर्वसाधारण, अशिक्षित जनता ग्रस्त बनेका छन् । त्यसैले हरेक आवधिक निर्वाचनमा यिनैले टिकट पाउँछन् । यिनै निर्वाचित हुन्छन् । पटकपटक दोहोरिदै यिनै सांसद बन्दछन् । यिनै मन्त्री बन्दछन्, प्रधानमन्त्री बन्छन् र पदीय मर्यादा, जनताप्रतिको उत्तरदायित्व राष्ट्रप्रतिको जम्मेवारी सबै कुरालाई लात हानेर जनताले केहि कुरा थाहा पाउदैनन् र बुझदैनन् भन्ने सोची जनतालाई हेपेर आफ्नै मतदातालाई आफ्नै कार्यकर्तालाई हिच्याएर पार्टीभित्र भाँडभैलौ र राष्ट्रमा ताण्डव नृत्य मच्चाउन तल्लीन रहन्छन् । प्रजातन्त्रको पुनस्र्थापना पछि खासगरी गणतन्त्रको स्थापनायता यही उपक्रम दोहरिदै आईरहेको छ । कम्युनिष्ट पार्टीको नेतृत्व तहमा र सांसद तथा मन्त्री एवं विशिष्ट ओहदाका शक्तिशाली पदहरूमा विराजमान बहालवालाका कम्युनिष्ट पार्टी जनताको पार्टी हो । यसले जनताको जनवादी अधिकारहरूको रक्षा गर्छ र ती अधिकार प्राप्त गर्नको लागि जनतालाई संगठितरूपमा गोलबन्द गरी आफ्ना आवाज बुलन्द गर्न र देशलाई सबैभन्दा माथि राखी काम गर्न शिक्षा दिन्छ । तर, नेपालमा नामै फेर्नुपर्छ । नेपाल नाम राखिनु हुदैन । वर्तमान नेपालको चन्द्र सुर्य अंकित झण्डा फेर्नुपर्छ । नेपालको राष्ट्रिय पोशाक फेर्नुपर्छ र राष्ट्रिय चिन्हहरू बदल्नु पर्छ भन्दै क्रान्तिकारीताको नाममा राष्ट्रको पहिचानलाई जरैदेखि उखेलेर र राष्ट्रको उपस्थितलाई नै नामेट बनाएर राष्ट्रिय एकतालाई भताभुंग पारेर देशमा वितण्डाबाद फैलाएर अराजकतालाई मुल्लो झोसी देश जलिरहेको हेर्न चाहाने तत्वहरू समेत आज कम्युनिष्ट पार्टीको नाममा यहाँसम्मका हरकदहरू हुन सक्दा रहेछन् भन्ने कसैले नचिताएको परिघटनाहरू घटाईरहेका छन् । यो सबै देख्दा एउटा इमान्दार देशभक्त कम्युष्टिको नाताले आज यस पंक्तिकारको मनमा अत्यन्त पार्टी र उनको मातहतका छाता संगठनका नेतृत्वदायी यो तहमा तर्कसंगत, न्यायसंगत, सन्र्दभसंगत कुराहरू र विषयहरूले ठाउँ पाउन छाडेका छन् । सबै कुराहरू माथिबाट थोपारिन्छन् र माथि कुन विदेशी शक्तिबाट परिचालित बन्ने गरेको छ । त्यो सबै बुझ्न अत्यन्त कठिन छ ।
कम्युनिष्ट पार्टीको मूल सांगठनिक सिद्धान्त जनबादी केन्द्रीयता केवल पार्टीका दस्तावेजहरूमा सिमित छ, व्यवहारमा गैर जनवादी मात्रै होईन गैर राष्ट्रबादी चरित्रले नेताहरूलाई दिग्भ्रमित भई दिशानिर्देश गरिरहेको छ । कम्युनिष्ट सेवाभावबाट बिमुख भई जनआकांक्षादेखि सर्वथा पृथक तथा जनभावनाको सर्वथा प्रतिकूल ब्यक्तिपरक तथा सत्तामुखी राजनीतिको परिपोषणमा तल्लिन छन् भन्ने कुरा उनीहरूका व्यवहारबाट घाम जत्तिकै छर्लङ्ग छ । यस तर्कमा कमै मात्र इमान्दार व्यक्ति असहमत होलान् जो दूरदराज ग्रामीण क्षेत्रमा बस्ने अशिक्षित, निर्धामुखी विचरा संसार नबुझेका गौ प्राणीहरू । त्यसैले अब कोही यहि छन् बाँकी भने खाँटी कम्युष्टहरू भने सबै कम्युनिष्ट कार्यकर्ताहरूले आ– आफ्नो गुटभित्र मौलाउदै यस किसिमको अन्धकारमय वातावरणमा सुधार ल्याई जनताका वास्तविक अधिकार गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार भन्ने सहिदहरूका सपनालाई पार्टीहरूका निर्वाचन घोषणापत्रहरूमा मात्र सिमित रहन नदिई व्यवहारमा उतार्नका लागि आन्दोलन ग¥यौ । अब पार्टीभित्र शुद्धिकरणको अभियानमा अन्दोलनमा लागौँ । हिजोका दिनहरूको आन्दोलनमा अनेकौ संगठित माध्यमहरू सित कम्युनिष्ट पार्टी एकीकृत बनाएर निरंकुशताका विरुद्ध प्रशासनिक अत्याचार दमन तथा बर्बरताका विरुद्ध लड्यौ । भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यबाद विरुद्ध जनतालाई जागरुक बनायौ । निर्दलीयताको नाममा एकदलीय शासन मुलकमा जे चलिरहेको थियो त्यसको अन्त्य गरी बहुदलिय प्रजातान्त्रिक शासन प्रणालीको निम्ति लड्यौ । बहुदलपनि प्राप्त ग¥यौ । त्यतिले मात्र पुगेन गणतन्त्र पनि ल्यायौ । हामी के कुरामा ढुक्क थियौ भने गणतन्त्र आएपछि अब शासनमा सुधार आउने छ । शासकहरू जनताप्रति जवाफदेही हुनेछन् । प्रधानमन्त्री मन्त्री र उच्च ओहदामा रहेका प्रशासकहरू एव राष्ट्रपति, न्यायाधीस आदि सबैले कानुनको अधिनमा रहेर काम गर्नेछन् । आफूलाई जनता भन्दा माथि रहेको ठान्ने छैनन । जनभावनाको उपेक्षा हुनेछैन । आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने राजनैतिक र आर्थिक क्रियाकलावमा लाग्ने छैनन् । जनता भ्रष्टाचार, महँगी, अन्याय, अत्याचार, अभाव, अशन्ति, दुराचार, हत्याहिंसा, बलात्कार, हप्ता असुली, फिरौती, मिटरब्याज, विदेश पलायन, बेरोजगार, घुस, कमिसन सेटिङ, दलाली, गुण्डागर्दी आदि तमाम समस्याबाट मुक्त भई खुल्ला आकासमुनि रमाएर आ– आफ्ना पेशामा रहि सरकारको नुनको सोझो र जनताको तथा राष्ट्रको सेवा गर्न पाउनेछन् । नागरिकले सास्ती बेहोर्नपर्ने छैन । देशको बर्बादीका लागि जिम्मेवारीका लागि जिम्मेवार रहेका जनबिरोधी तथा राष्ट्रघाती भ्रष्ट तत्वहरूलाई नेल हतकडी सित जेलमा जाकिने छ र उनीहरूले पदको दुरूपयोग गरी कमाएको गैरकानुनी अकुत सम्पत्ती राष्ट्रियकरण गरी राष्ट्रको विकासमा कोषमा दाखिला गरिने छ तर आज वास्तविक यथार्थमा जे भईरहेको छ र हामीले जे जे देखिरहेका छौ । त्यो सब सबैका सामु छर्लङ्ग छ ।
कम्युनिष्ट नामधारी ठूला साना सत्तामा रहेका वा सत्तामा नरहेका माओवादी केन्द्र , एमाले, मसाल, जनमोर्चा, विप्लव, माक्र्सवादी आदि सबै कनिष्ट घरका इमान्दार कम्युनिष्टहरू आ– आफ्नो पार्टीको नेतृत्वमा आएको सैद्धान्तिक विचलन र नेतमुखी सोचलाई बदली पार्टीलाई नेता प्रधान होईन नीति प्रधान बनाउन अब भित्री संघर्षको अभियान चलाउँ । कम्युनिष्ट पार्टी राम्रो बने सबैको राम्रो बन्छ । कम्युनिष्ट पार्टी बिग्रिए सबैको बिग्रिन्छ । आज साउनको ७ गते कमरेड पुष्पलाल प्रति श्रद्धान्जली अर्पण गर्दै सबैमा यहि अपील गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?