Butwal Today
बालुवाटार जग्गा प्रकरण

न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा रिटमाथि सुनुवाई हुँदै

२२ असार २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीको रिट निवेदन सुनुवाइ गर्न आज (शुक्रबार) का लागि पेसी तोकिएको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको हो।

यसअघि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिए पनि उनीहरूले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन। त्यसपछि आजका लागि पुनः पेसी तोकिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

उनीहरुले आफूलाई रिहा गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?