ट्रेंडिंग:

>> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी
पसिनाको कमाई

ओखलढुंगाका राईको खेती दाङमा नमूना

दाङमा खेतीपाती गर्न सजिलो लाग्यो । टेक्टरले खेतबारी जोतेर खेती गर्ने भएकाले यहाँ सजिलो भएको हो । ‘आफ्नै भूमिमा पसिना बगाउनु पर्छ यही सुन फल्छ’ उनले भने । काम गर्ने मानिसलाई यही सम्भावना छ, अर्काको देशमा जानु हुँदैन । खेती गरेको ६ महिनामै आम्दानी गर्न सुरु गरेपछि कर्ण दंग छन् ।
५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

दाङ, ५ वैशाख ।

सानो पराले घर, घरछेउँमा लहलह झुलेको चना, धनियाँ र गहुँ खेतीका दृश्य देख्न सकिन्छ । घोराही –१७ ठाटीगाउँमा ओखलढुंगाका तुलकर्ण राईका जाँगर लहलह झुलेको देख्दा जो कसैको मन लोभ्याउने गर्छ । गहुँ पाकेर काट्ने तयारीमा छ । चना र धनियाँ आधा हरियोमै बिक्री भयो आधा सुकेर दाना लागेको छ ।

ओखलढुंगाका राई दुइ वर्षअघि दाङ आइपुगेका हुन् । ओखलढुंगामा अकवरे खुर्सानीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने र व्यावसायिक बंगुर पालन गरेको उनले बताए । “दाङ आएपछि पनि कृषि पेसाबाट आम्दानी गर्ने गरेको छु । जमिन कट्ठाको वर्षको पाँच हजार दिने शर्तमा ११ कट्ठा जमिन भाडामा लिएको छु”–उनले भने । सोही जमिनमा चना, धनियाँ खेती गरेको उनको भनाई छ । चनाकोे दाना त देखेको तर बोट दाङमा आएर देखेको उनले बताए । “दाङमा चनाको राम्रो व्यापार हुँदो रैछ । हरियो चना ३० हजारको बिक्री गरें । धनियाँ पनि ३५ हजारको बिक्री गरें । सुकेको बिक्री गर्न बाँकी नै छ”–उनले भने ।

चना र धनियाँ खेती बाहेकको तीन बिघा जमिनमा गौतम जातको गहुँ खेती गरेका छन् । स्थानीय बमबहादुर बस्नेतको जमिन र उनैसंगको सहकार्यमा खेती गरेको उनी बताउँछन् । नासिक बिउ उत्पादन कम्पनीसंगको सम्झौतामा मूल बिउका लागि खेती गरेको कर्णको भनाइ छ । “गहुँ खेती पनि राम्रो छ, उत्पादन राम्रो हुन्छ होला”–उनले भने ।

आफ्नो बिगत सम्झदै उनले भने,“ओखलढुंगाबाट छिमेकी भाइ दाङ आउने जाने गर्दथे । उनैले दाङमा हावापानी राम्रो छ उतै खेती गरौ जग्गाको चाँजोपाँजो म मिलाउँछु भने । उनैको सहारामा दाङ झरेको हुँ । भने जस्तै पानीको सुविधा भएको जमिन भेटाएँ ।”

दाङमा खेतीपाती गर्न सजिलो लाग्यो । टेक्टरले खेतबारी जोतेर खेती गर्ने भएकाले यहाँ सजिलो भएको हो । ‘आफ्नै भूमिमा पसिना बगाउनु पर्छ यही सुन फल्छ’ उनले भने । काम गर्ने मानिसलाई यही सम्भावना छ, अर्काको देशमा जानु हुँदैन । खेती गरेको ६ महिनामै आम्दानी गर्न सुरु गरेपछि कर्ण दंग छन् । राम्रो तरिकाले खेतीपाती गर्ने हो भने पाँच जनाको परिवारलाई खान लाउन समस्या नहुने उनको भनाई छ । दुइवटा छोरालाई नजिकैको सरकारी विद्यालयमा भर्ना गरेका छन् भने जेठो छोरोले आफूलाई काममा सघाउने गरेको उनले बताए । कर्ण घोराहीमा दैनिक संचालन हुने तरकारी बजारमा आफूले उत्पादन गरेको तरकारी ल्याएर बिक्री गर्न आइपुग्छन् । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने युवाहरुलाई आफ्नै भूमिमा पसिना बगाउन सल्लाह दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?