Butwal Today

प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत

४ पुष २०८२, शुक्रबार
अ+
अ-
दाङ, ४ पुस ।
प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको ३३ औं स्थापना दिवस आज विभिन्न कार्यक्रम  गरि मनाइएको छ  । शाखाले श्रष्ठा सम्मान, पुरस्कार र साहित्यिक कार्यक्रम गरेर दिवस मनाएको हो ।   अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भाषा  आयोगका सदस्य अमर  गिरीले साहित्यकार समाज परिवर्तनका सम्बाहक भएको बताए । उनले प्रलेसले प्रत्येक वर्ष श्रस्टा सम्मान र पुरस्कार प्रदान गरेर श्रस्टालाइ उर्जा थपेको बताए  । साहित्यकारले कलमका माध्यमबाट खबरदारी गर्न आग्रह गरे।
सोही कार्यक्रममा घोराही उपमहानगरपालिका  उपप्रमुख हुमा डिसीले साहित्यकार समाज परिवर्तनका सम्बाहक भएको बताए ।  साहित्यका माध्यमबाट खबरदारी गर्नुपर्ने र समाजलाई सही दिशामा लैजान सहयोग गर्नुपर्ने बताए  । कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा , नारायण तर्ताल, गणेश विषम, पुरुषोत्तम खनाल ,उपाध्यक्ष रेशम बिसी, सचिव पुरण शर्मा
लगायतले शुभकामना दिएका थिए  ।
 कार्यक्रममा साहित्यकार तथा शिक्षाविद नारायण तर्ताललाई सम्मान गरेको छ । संघले प्रगतिशिल साहित्य पुरस्कार साहित्यकार श्याम चिसलाई  प्रदान गरेको छ । यसैगरी पद्मप्रसाद शर्मा र शान्तादेवी शर्माले स्थापना  गरेको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार तथा बामपन्थी आन्दोलनका अगुवा भगवती चौधरीलाई प्रदान गरेको छ । यसैगरी रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गरेको चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार खगेश्वर भण्डारीलाई प्रदान गरिएको छ।
यसैगरी  ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला–फना–बसन्ता श्रष्टा सम्मान पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष  दुर्गालाल केसीलाई प्रदान गरिएको छ । यस्तै कृष्ण गायत्रा स्मृति प्रतिष्ठानले स्थापना गरेको कृष्ण गायत्रा साहित्य पुरस्कार  साहित्यकार गणेश विषमलाई प्रदान गरिएको छ । यसैगरी देवि पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार प्रलेस दाङका पूर्व अध्यक्ष शरद देवकोटा (भुवन)लाई प्रदान  गरिएको छ।
यसैगरी प्रलेस दाङमा साहित्यकार श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीलाई प्रदान गरिएको छ ।
२०५० साल पुस ३ गते स्थापना भएको प्रगतिशील लेखक संघ दाङ शाखाले हरेक बर्ष पुसको ३ गते स्थापना दिवस मनाउँदै आएको छ। कार्यक्रममा बार्षिक मुखपत्र बहिङा बिमोचन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?