ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

साँघुरो बन्दै टर्मिनल भवन

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

बुटवल, १५ मंसिर ।

गएको जेठ २ गतेबाट सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अहिलेबाट नै साँघुरो हुन थालेको छ । विमानस्थलको प्रस्थान कक्षले एकैपटक दुईवटा फ्लाइटका यात्रुहरु थेग्न नसक्ने अवस्थामा छ । बोर्डिङ पास लिएपछि जहाज कुरेर बस्नका लागि पर्याप्त मात्रामा सिट समेत छैन । दुईवटा फ्लाइट एकै समयमा भए भने सेवा प्रवाह हुनका लागि चाप पर्ने विमानस्थलका प्रवक्ता सुवाश झाले बताए ।

नेपाल वायुसेवा निगमको ग्राउन्ड हेन्डलिङको सेवामा रहेको विमानस्थलमा उपकरण र जनशक्तिको अभाव छ । तर उडान थपिने बित्तिकै उपकरण र जनशक्ति थप हुने पनि निगमले प्रतिवद्धता जनाएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

विमानस्थलमा एउटा मात्र वाइडबडी सहित पाँचवटा जहाज पार्किङ गर्नका लागि ठाउँ रहेको छ । तर टर्मिनल भवन भने एउटा उडान मात्र धान्नका लागि सक्ने गरी बनाइएको छ । हरेक घण्टामा उडान अवतरण गर्ने भएमा दिनको ३० वटा सम्म फ्लाइट धान्न सकिने प्रवक्ता झाले बताए । “अहिलेकै संरचनाले एकैपटकमा दुईवटा फ्लाइटको व्यवस्थापन गर्नका लागि भने गाह्रो पर्छ”–उनले भने ।

भैरहवामा पनि वार्षिक ४० लाख यात्रु मापदण्डकै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारीका साथ डिजाइन गरिएता पनि पछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयमा सरकार पुगेको थियो । क्यानले विमानस्थलको धावनमार्ग ठूलो बनाए पनि टर्मिनल भवन भने ४० लाख यात्रु मापदण्डमै बनाएको छ । ठूलो टर्मिनल भवन बनाउनका लागि अहिलेकै आन्तरिक टर्मिनल भवन भत्काउनु पथ्र्यो । त्यसो गर्दा आन्तरिक उडान भने अवरुद्ध हुने क्यानका सूचना अधिकारी भुले बताए ।

अहिलेको टर्मिनललाई आन्तरिक बनाउने र अर्को एरोब्रिजसहितको सुविधा सम्पन्न टर्मिनल भवन बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । अहिलेको आन्तरिक टर्मिनल भवन साँघुरो भएको र पुरानो भैसकेकोले नयाँ नै बनाउनुपर्ने थियो”–उनले भने । क्षेत्रीयबाट अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा टर्मिनल भवन भने सानो भएको क्यानको दावी छ । तर ३१ अर्व रुपियाँ भन्दा बढी लगानी भैसकेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा सरकारले दीर्घकालीन सोंच नराखेर बनाएको विज्ञहरुको आरोप छ ।

अहिलेकै टर्मिनल भवनलाई कम्तीमा तीनवटासम्म उडान थेग्ने गरी बनाउनुपर्ने थियो । क्यानले १४ अर्व खर्चिएर पाँचवटा एरोब्रिजसहितको अर्को टर्मिनल भवन बनाउँदै छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा पनि लाभहानीको तुलनात्मक विश्लेषण गरेर मात्रै अर्को टर्मिनल भवन बनाउनुपर्ने सुझाव दिइएको छ । नारायणी पश्चिम जिल्लाका मानिसहरुलाई विदेश जानका लागि भैरहवा विमानस्थल सहज हो । तर वैदेशिक रोजगारीमा जानका लागि श्रमिकहरुलाई भैरहवाबाट नै श्रम स्वीकृति, स्वास्थ्य जाँच, भिसा लगायतका सुविधाहरु नहुँदा काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र यात्रुहरुलाई आकर्षित गर्नका लागि सुरुवातीमा श्रम स्वीकृति, स्वास्थ्य जाँच र भिसाका कामहरु पनि भैरहवाबाटै हुनुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?