ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

बुटवल, ५ जेठ ।

लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थीले केही व्यक्तिहरू आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरेको भन्दै कानुनी उपचारमा जाने बताएका छन् ।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्षसमेत रहेका पन्थीले मोरङ जिल्ला अदालतमा गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको विषयमा परेको मुद्दामा पक्राउ आदेश दिएको समाचार सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

आइतबार प्रदेश सभामा उनले आफूसहित केही साथीहरूको समूहमा लगानी गरेको उक्त संस्थाबाट बिक्री गरेर बाहिरिएको १ वर्षपछि आफ्नोसमेत नाम जोडेर अदालतमा मुद्दा पर्न, आफूलाई कुनै जानकारी नै नदिई, म्याद तामेली पनि नगरी, ठेगाना, उमेर सबै फरक रहेको मुद्दा फैसला भएर पक्राउ पूर्जी आएको र त्यो पनि समाचार प्रकाशन भएपछि मात्रै जानकारी पाउनु ठूलो अन्याय भएको बताएका थिए ।

उनले यो प्रकरणको सबै फेहरिस्त प्रदेश सभामा प्रस्तुत गर्दै सबै नेताहरू खराब हुन् भन्ने चरित्र देखाएर आफूजस्तै अरूलाई पनि फसाउन सक्ने भन्ने सजग गराए ।

पन्थीले सोमबार सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै यस्तो लेखेका छन्-

प्रेस विज्ञप्ति
मिति: २०८२ जेठ ४, बुटवल
आदरणीय पत्रकार मित्रहरू,

म, विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य , तपाईँहरू समक्ष निम्न विषयमा वास्तविकता सहित मेरो धारणा सार्वजनिक गर्न चाहन्छु।

म २०७५ साल असार १० गतेदेखि गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको शेयर सदस्य र सञ्चालक नरहेको स्पष्ट गर्दछु।

विराटनगरका श्याम राठीले पल्लवी इलेक्ट्रा प्रालि को तर्फबाट २०७५ साल चैत्र ११ गते सो हाइड्रोपावर कम्पनीलाई प्रतिवादी बनाई १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको र २०७७ साल मंसिर १३ गते अदालतबाट गौतमबुद्ध हाइड्रो पावर असुल उपर गराउनु भनी एकतर्फी फैसला भएको जानकारी २०८२ साल वैशाख २८ गते सार्वजनिक मिडियाहरूबाट थाहा पाए ।

उक्त मुद्दाको फिराद पत्रबारे मलाई कुनै जानकारी नदिई प्रतिउत्तर दिने अवसरसमेत नदिई २०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले माग दाबी रकम र सो को कोर्ट फि प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गरी एकतर्फी फैसला गरिएको भएको रहेछ ।

झनै दुःखद र चिन्ताजनक कुरा यो हो कि—म कुनै पनि रूपमा सो कम्पनीमा शेयर सदस्य र सञ्चालक नभएको व्यक्तिलाई कसरी मुद्दा लाग्यो रु सम्मानित अदालत समेतबाट कम्पनी रजिस्टारको कार्यालय बाट सेयर लगत विवरण न लिएको कमजोरी देखियो । मेरो पद र पहिचानलाई हतियार बनाइ, गलत नियतसाथ मेरो नाम, ठेगाना, र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश लिई, २०८२ वैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत म माथि भ्रामक र बदनाम गर्ने सूचना प्रसारण गरिएको छ।
यसले मेरो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक जीवन, र राजनीतिक मर्यादामा गम्भीर आघात पुर्‍याएको छ।

श्याम राठी द्वारा रचिएको यस योजनाबद्ध, घृणित र आपराधिक कार्यको म घोर निन्दा तथा भर्त्सना गर्दछु । साथै, सो झुटो मुद्दा, मान हानी, र मबाट कथित रूपमा असुल गरिएको रकम फिर्ताको लागि म कानुनी लडाइँमा दृढताका साथ अघि बढ्नेछु।

म सदैव पारदर्शिता, इमानदारी र उत्तरदायित्वमा आधारित राजनीतिमा विश्वास राख्दछु। मलाई माया र विश्वास गर्ने सम्पूर्ण शुभचिन्तकहरू, समर्थकहरू र नागरिक महानुभावहरूलाई म उक्त कम्पनी वा मुद्दासँग कुनै सरोकारमा छैन भन्ने कुरामा सत्य तथ्य बुझिदिनुहुन, साथै भ्रामक प्रचारप्रति सजग रहनुहुन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।
विष्णु प्रसाद पन्थी
प्रदेश सांसद, लुम्बिनी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?