ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

अर्घाखाँचीः गर्मीको ‘हाई स्टेशन’

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

अर्घाखाँची, ०१ जेठ ।

नेपाली सहित भारतीय पर्यटकहरू अर्घाखाँचीमा आउन लागेका छन् । तराईमा गर्मी बढ्दै गएपछि पर्यटकहरू चिसो खोज्दै अर्घाखाँचीमा आउने थालेका हुन् । जिल्लाको पाणिनि तपोभूमि क्षेत्र धार्मिक मात्र नभई शितल स्थलले पनि चिनिन्छ । यहाँबाट धेरै हिमाल र तराईको समथर भूभाग देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने र गर्मीमा आउँदा शितलता हुने भएकाले पर्यटकको रोजाई पाणिनि तपोभूमि बनेको छ ।
तराई–पहाड–हिमाल छुने सालझण्डी ढोरपाटन सडक अन्तर्गत रूपन्देहको सालझण्डीबाट पाणिनिको निगाली हुदैँ तिनगीरे करिब ४२ किलोमिटर यात्रापछि दहमा आउन सकिन्छ । अहिले बाटो सजिलै बन्दै गएको पनि छ, पाणिनीमा आएका पर्यटकहरूका लागि पाणिनिमै सुविधासम्पन्न होटल रिसोर्टहरू पनि दुर्गाफाँटमा सञ्चालनमा आएका छन् ।

तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउँदा घुम्न आउने पर्यटकहरू पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण पाणिनि तपोभुमी ऐतिहासीक क्षेत्र भएकाले पनि धार्मिक पर्यटकीय स्थलको रूपमा पनि विकसित हुँदै गएको छ । गत चैत्र २७ र २८ गते भएको पाणिनि तपोभुमि सम्मेलनले पनि पाणिनिको प्रचारप्रसारमा थप टेवा पुगेको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधी सभाका सांसदहरू चन्द्र भण्डारी, ठाकुर गैरे, नेपाल सन्त समाजका अध्यक्ष तथा पाणिनि तपोभूमि संरक्षक समितिका संरक्षक श्री १००८ स्वामी ज्ञानान्द सरस्वती जी महाराज लगाएतको उपस्थितिले पनि पाणिनि तपोभुमिको पर्यटन विकासमा उल्लेखनीय टेवा पुगेको पाणिनि तपोभुमी संरक्षण समितीका अध्यक्ष पुष्कर पोख्रेलले बताए ।

पहाडको चुचुरोमा रहेको पाणिनि तपोभूमिमा समथर भूभाग, पोखरी छ । २०७६ सालमा नेपाल सरकारले छनोट गरेका देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो पाणिनि । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमिमा हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ । पणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै आदि चौध सूत्रको स्वर निकालेको र तिनै सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको मान्यता छ । त्यसैले यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके यसलाई विश्वमै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिनेमा पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने बताउँछन् । विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो प्रचारप्रसार अभावमा ओझेलमा छ । त्यसैले यस क्षेत्रको प्रचारप्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै मानिस लाग्नुपर्ने पणेना स्थित नेपाल राष्ट्रिय उच्चमाविका प्रध्यानाध्यापक पुष्कर पोख्रेलले बताए ।

अर्घाखाँचीको पूर्वीक्षेत्रमा पर्ने पणेना र पोखराथोकको उच्च भागमा यो तपोभूमि पर्छ । यही तपोभूमिबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ तराईका फाँट र भारतीय भूमि देख्न सकिन्छ । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सूत्रलाई ‘माहेश्वराणि सूत्राणि’ भनिएको र तीनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त एवं सिद्धान्तकौमुदीको रचना गरिएको संस्कृतका विद्वानहरू बताउँछन् । यो क्षेत्र पाणिनि ऋषिले तपस्या गरेको र उनले यहीँ बसी व्याकरणको रचना गरेको भन्ने धेरै प्रमाण भेटिएको पुर्व जिविस सभाापति खगेन्द्र पोख्रेलको दाबी छ । हाल यो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर तथा पौवा पुननिर्माण सँगै निमार्णाधीन सभाहल अलपत्र छ ।

पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सूत्रलाई ‘माहेश्वराणि सूत्राणि’ भनिएको र तिनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त एवं सिद्धान्तकौमुदीको रचना गरिएको संस्कृतका विद्वान्हरू बताउँछन् । पाणिनिका चौध सूत्रको प्रचारप्रसार र संस्कृतका व्याकरण रचना कार्यमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेको उनीहरूको भनाइ छ । पाणिनि तपोभुमिमा भएको सम्मेलनले प्रचारप्रसारलाई टेवा सँगै तपोभुमिमा बनेको डिपीआरअनुसार बजेट विनियोजन गराई थप भौतिक पुर्वाधारहरू निर्माण गर्नमा गाउँपालिकाको ध्यान रहने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

पाणिनिमा आएका पर्यटकहरू स्थानीय रिसोर्ट तथा होटलमा गर्मीको बेला बस्ने गर्छन, देश सहित पाणिनिमा भारतीय पर्यटकहरू पनि रिसोर्टमा आउँने गरेको सगुन एग्रो रिसोर्टका सञ्चालक अर्जुन पोख्रेल बताउँछन् । रिसोर्टमा स्थानीय रूपमा उत्पादन भएको लोकल चामल, कोदो, फापर, गहुँको रोटी, लोकल कुखुराको झोल, लोकल माछा, स्थानीय जातको खसीको मासु, अचारसहितको खाना पर्यटकले मन पराउँछन् । पाणिनि तपोभूमिको भ्रमणपछि पर्यटकहरू बास बस्नका लागि दुर्गाफाटमा पुग्छन, बिहानै उठेर पाणिनिमा आएका पर्यटक सुपादेउराली मन्दिरमा पनि पुग्छन् । अर्घाखाँचीमा पाणिनि तपोभूमि, दुर्वाशेश्वर गुफा, सिद्धेश्वर गुफा धातिवाङ्ग, सुपादेउराली मन्दिर, अर्घाभगवती मन्दिर, मालारानी मन्दिर, सेङ्गलेङ्ग दह, बल्कोट पौवा, छत्रमहाराजको मन्दिर, कालीकाठी लेक, डमरु दह लगाएतका स्थलहरू पर्यटकको रोजाईमा पर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?