Butwal Today

सरकारले रोक्यो कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’

३० बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने काम हाललाई स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै एनओ‌सी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको हो

कोरिामा ‘डी टु’ र ‘डी फोर’ भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीमा बढी प्राथिमकता दिँदा अध्ययनमा निरन्तरता नहुने, पढाइ समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, कमाउने प्राथिमकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्य तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेकोलगायत समस्या देखिएकोले एनओसीलाई व्यवस्थित र नियमन गर्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनेको बताइएको छ।

उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी प्रदान गर्ने काम रोकिएको मन्त्रालयले जनाएकव छ।