ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

तिलोत्तमा नगरपालिका  : एकातिर शोक, अर्कोतिर बाजागाजासहित उत्सव

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

तिलोत्तमा, २८ वैशाख ।

तिलोत्तमा नगरपालिकामा करिब आठ वर्षदेखि अमिन पदमा कार्यरत रहेका इश्वरी भण्डारीको उपचारको क्रममा निधन भएको छ। उनी विगत केही समयदेखि अस्वस्थ भई उपचाररत रहँदा शुक्रबार काठमाडौँमा उनको असामयिक निधन भएको नगरपालिकाले पुष्टि गरेको छ।

नगरपालिकाले निधनप्रति दुःख व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको हस्ताक्षरमा शोक विज्ञप्ति जारी गरिएको थियो। विज्ञप्तिमा नगरपालिकाका कर्मठ कर्मचारीको असमयिक निधनले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। सोही दिन नगरपालिकामा शोक बिदा समेत दिइएको थियो।

तर, एकातिर कर्मचारीको निधनमा शोक विज्ञप्ति जारी गरिएको बेला अर्कोतर्फ दलित ज्ञान उत्सव कार्यक्रम बाजागाजा सहित भव्यरुपमा मनाइनुले विवाद र आलोचना जन्माएको छ। स्थानीयबासी र कर्मचारीहरुले नगरपालिकाले आफ्नै परिवारको सदस्य जस्तै कर्मचारीको निधनमा संवेदनशीलता नदेखाएको भन्दै प्रश्न उठाएका छन्।

“शोक विज्ञप्तिमा सहानुभूति जनाउने तर सोही दिन उत्सव मनाउनु दोहोरो चरित्र हो,” एक कर्मचारीले नाम नबताउने शर्तमा भने, “शोकको बेला उत्सव गर्नु संस्थागत मर्यादा विपरीत हो।”

तिलोत्तमा-६ निवासी भण्डारी नक्सा शाखामा कार्यरत थिए। उनी नगरपालिकामा इमान्दार र जिम्मेवार कर्मचारीका रूपमा परिचित थिए। नगरपालिकामा उनले सेवा दिँदै आएका आठ वर्षमा उनको व्यवहार र योगदानको सबैले प्रशंसा गरेका थिए।

नगर प्रमुख तथा सरोकारवालाले यस विषयमा औपचारिक टिप्पणी गरेका छैनन्, तर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा विषयले बहस उत्पन्न गराएको छ।

यस घटनाले नगरपालिकामा शोक र कार्यक्रम संयोजनप्रतिको गम्भीरता र मानवीय संवेदनशीलतामा प्रश्न उठेको छ। स्थानीय नागरिक तथा कर्मचारीहरुले यस्ता दु:खद घटनामा संस्थाले थप जिम्मेवार र संवेदनशील भूमिका खेल्नुपर्नेमा सुबिधा सम्पन्न होटलमा बाजगाज सहित उत्सव मनाएको प्रति तिलोत्तमा बासी आम नागरिकले आलोचना गरेका छन ।

यस विषयमा प्रतिक्रिया लिन तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । उनी प्रायः पत्रकारहरुसँग तर्किने गरेको एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?