© २०२३
पत्रकार भनेको एक अखबारको सम्पादक वा लेखक हो भने पत्रकारिता भनेको पत्रकारको काम, समाचार सिक्ने, समाचार भेला गर्ने सम्झनु पर्दछ । यसरी पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुग्छ । संचारको माध्यमबाट पत्रकारको जानकारीले नै सबै सामु पु¥याउन सकिन्छ । पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । सञ्चार भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा मास जोडिएर आमसञ्चार बनेको हो । ‘आम’ को अर्थ धेरै भन्ने हुन्छ । अङ्ग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ । जहाँ असंख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ । तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकाल देखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स, सामाजिक सञ्जाल आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ। अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत प¥यो भने त्यसपछिका नयाँ प्रविधिहरू विकसित आमसञ्चारका माध्यम अन्तर्गत पर्दछन् । एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनैपनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ । निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो । कुनै विचार, भावना, सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पुर्याकउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ । आमसञ्चारको उद्देश्य भनेको कुनै विचार वा सन्देशलाई ती व्यक्तिसम्म पु¥याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन् ।
आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ । नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन् । सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । यसर्थ एक अर्काबीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । विकास र सुशासनका लागि त्राण अथवा अक्सिजन पनि हो । तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो । त्यसपछि मद्रण युगको आरम्भ भयो । लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो । परापूर्वकालदेखि आजपनि सार्वजनिक वा महत्वका सूचनाहरू सर्बसाधारणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ । मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको मानिन्छ । विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछि मात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतमा भन्दा झन्डै तीन सयवर्ष पछाडी मात्र नेपालमा छापाखानाले प्रवेश गरेको देखिन्छ । भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ (सन १८५१) मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवत् रूपले प्रवेश पायो । यसैलाई हामीले गिद्धेप्रेस भनिन्छ । गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धेप्रेस भनिदै आएको हो । फेरी पनि छापाखाना नभएकै समयमा पनि हस्त लिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ । यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना” । गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको मानिएको छ । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० मा सुधासागरको प्रकाशन गर्ने प्रयत्न भयो । यसैबीच उनको १९५२ मा निधन भएपनि पण्डित नरराजहरूले १९५५ मा सुधासागर प्रकाशित गरे गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि वि.सं.१९४२ मा “गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकासक्रम भएको देखिन्छ । यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ ।“सुधासागर” पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो । यो सन् १९०१ मा प्रकाशित भएको थियो । बिक्रम सम्बत १९०८ मा जंगबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस नै नेपालमा पहिलो छापाखाना मानिन्छ । यो छापाखाना धेरै वर्ष पछि मात्र प्रयोगमा आएको थियो । यो छापाखाना स्थापना भएपछि नेपालको मुद्रण क्षेत्रमा क्रान्ति आएको मानिन्छ ।
नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ । विक्रम सम्बत २००७ को क्रान्तिका समयमा नारदमुनी थुलुङको नेतृत्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रसारण भएको थियो । पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो । तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो । प्रजातन्त्रको स्थापना पश्चात वि.सं. २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौँबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ । सुरूमा सर्ट वेभमा प्रसारण सुरू गरेको रेडियो नेपालले अहिले मिडियम वेभ र एफ एमबाट प्रसारण गर्ने गर्दछ । त्यस बाहेक देशभर करिव ३०० वटा एफ एम रेडियो स्टेशनहरू सञ्चालनमा रहेका छन् ।
नेपालको टेलिभिजनको इतिहासमा वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भै पहिलो टेलिभिजनको रूपमा सञ्चालित छ । यो सगै हाल करिव ११७ च्यानल रहेको पाईन्छ । यसैगरी नेपालमा धेरै अनलाईन पत्रकारिता पनि सञ्चालनमा रहेका छन । प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाईन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन । १९९३ वाट अनलाईन पत्रकारीताको विकासले तिव्रता पाएको थियो । नेपालमा पनि सन १९९५ मै अनलाईन पत्रकारीताको प्रारम्भ भइसकेको थियो । नेपालमा अनलाईन पत्रकारिताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ । उसले सन् १९९५ मा साउथ–एसिया डटकम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेर अनलाईन पत्रकारिताको प्रारम्भ गरेको थियो । अहिले अनलाईनहरु करिव २४७३ भन्दा धेरै नै भइसकेका छन् । setopati.com र pahilopost.com ले अनलाइन पत्रकारितामा नयाँ धार सुरु गरेका हुन् । आफै रिपोर्टर राख्नेदेखि बाइलाइन राखेर समाचार लेख्ने काम यी अनलाइनले सुरु गरेका हुन् । ekantipur.com, nagariknews.com, onlinekhabar.com, stimnews.com, ratopati.com, radiosarangi.com, kakharanews.com,osnepal.com, himalpost.com, lumbinikhabar.com, presspati.com, palikakhabar.com, globleaawaz.com, newsbutwaltoday.com, setopati.com, prasashan.com लगायतका करिव २४७३ भन्दा धेरै अनलाईनहरु सञ्चालनमा रहेका छन् । बिटमा आधारित रहेर अनलाइन सञ्चालन गर्ने लहर समेत नेपालमा चलेको छ । पछिल्लो समय विशेषगरी आर्थिक बिटका राम्रा अनलाइन समेत संचालनमा आएका छन् । नेपालको आर्थिक अनलाइन न्यूज पोर्टलमा बिजशाला डटकम bizshala.com ले नयाँ धारको सुरुवात गरेको मानिन्छ । यस्तै महिलाहरूको मात्र समाचार प्रकाशन गर्ने फरक उद्देश्य राखेर नेपालबाटै पछिल्लो समय नेप्लिज वुमन डटकम Nepalesewomen.com नामको अनलाइन पोर्टल समेत प्रकाशन भएको छ । त्यसैगरी जलश्रोतलाई प्राथमिकतामा राख्दै, खानेपानी, सिँचाई र जलविद्युतको क्षेत्रलाई आफ्नो मु्ख्य विषय वनाउँदै जलसरोकार डटकम www.jalsarokar.com ले विकास पत्रकारिताको फरक सुरुवात गरेको पाईन्छ ।
यसैगरी नेपालमा हाल नेपाली ब्लग साईटहरू पनि धेरै खोलिएको पाईन्छ । नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य रहेको छ । कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन् । त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन् । यद्यपि ब्लग समाचार साइट होइन । ब्लग व्यक्तिले आफ्नो दैनिकी लेखेर वेवमा प्रकाशित गर्ने पद्धति हो । ब्लगलाई सरल भाषामा भन्दा वेब–लग शब्दबाट ब्लग बनेको हो । विभिन्न सञ्चारकर्मी, भाषाकर्मी आदिले ब्लग सञ्चालन गरेका छन् । जस्तै www.trpanthi.com.np पनि ब्लक साइट हो ।
मिडियालाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरुप जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुन्छ । तर मिडिया समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य उद्देश्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चार माध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । मिडियाले निरन्तर रुपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने विषय हो ।
(लेखक बुटवल उपमहानगरका प्रमुख कार्यकारी अधिकृत हुन ।)