ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

तिस वर्षपछि नेपाल बुढ्यौलीको देश

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

काठमाडौँ, २४ वैशाख  ।

युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनमध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या तीव्र रूपले बुढ्यौलीतर्फ प्रवेश गरेको देखाएको हो ।

प्रतिवेदन अनुसार अबको ३० वर्षपछि अर्थात् विसं २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ ।

जन्मदर र मृत्युदर घटिरहेको अवस्थामा नेपालको जनसङ्ख्या पनि सङ्क्रमणकालतर्फ तीव्र रूपले प्रवेश गरिरहेको कार्यालयको अध्ययनले देखाएको छ । यसका लागि कार्यालयले केही तुलनात्मक तथ्याङ्क पनि प्रस्तुत गरेको छ । जस अनुसार ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या २०६८ सालको ८.१ प्रतिशतबाट २०७८ सालमा १०.२ प्रतिशतमा बढेको छ । वृद्ध व्यक्तिको जनसङ्ख्या २०४८ सालदेखि लगभग तीन गुणा बढेको पनि प्रतिवेदनले देखाएको छ । कार्यालयले ६० वर्षभन्दा माथिको उमेर समूहलाई बुढ्यौली अवस्थाका रूपमा गणना गरेको छ ।

बुढ्यौलीको देश बन्नुका पछाडि जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको पनि प्रतिवेदनले देखाएको छ । बालबालिका र काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै जाँदा आश्रित जनसङ्ख्याको अनुपात पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

भौगोलिक रूपमा पहाडी क्षेत्रमा तीव्र रूपमा वृद्धको सङ्ख्या बढेको पाइएको छ । पहाडमा २०६८ सालमा बुढ्यौली जनसङ्ख्या २५.७ प्रतिशत रहेकोमा २०७८ सालमा ४३.६ प्रतिशत पुगेको छ । प्रदेशगत हिसाबमा बागमती प्रदेशमा बुढ्यौली जनसङ्ख्या सबैभन्दा धेरै रहेको छ ।

सहरी क्षेत्रमा युवाको आकर्षण बढी हुने भएको ग्रामीण र सहरी क्षेत्र दुवैमा विगत दुई दशकमा १३ प्रतिशतले बुढ्यौलीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

राष्ट्रियस्तरमा महिला र पुरुष दुवैतर्फ ६० वर्षसम्म बाँच्न सक्नेको हिस्सा ८० प्रतिशत रहेको छ । यसमा पनि महिलाको बाँच्न सक्ने दर ८४.७ प्रतिशत र पुरुषको ७५.१ प्रतिशत रहेको देखाउँछ । यसले पुरुषभन्दा बढी महिलाको उमेर समूह बढी भएको सङ्केत गर्छ । हिमाली प्रदेशमा बाँच्न सक्ने दर सबैभन्दा धेरै पाइएको छ ।

प्रतिवेदनले विगतमा वृद्ध परिवारका सदस्यसँग बस्ने भए पनि पछिल्लो समय एक्लै वा श्रीमान् श्रीमती मात्र बस्ने वृद्ध व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ ।

एकाउन्न प्रतिशत वृद्ध आर्थिक रूपमा सक्रिय

बुढ्यौलीको उमेर बढ्दै गए पनि ५१ प्रतिशत वृद्ध आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । त्यसमध्ये अधिकांश अर्थात् ७२.६ प्रतिशत कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशका वृद्ध कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ ।

आर्थिक विकासका लागि सक्रिय रूपमा काम गर्न सक्ने युवा जनसङ्ख्या आवश्यक पर्ने भए पनि नेपालले बहुल युवा सङ्ख्याको उपयोगमा चुक्दै गएको देखिएको छ । बुढ्यौलीको अवस्थामा समाज प्रवेश गर्दैगर्दा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरण पोषणमा चुनौती सिर्जना गर्ने प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?