ट्रेंडिंग:

>> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण

स्वास्थ्य संस्था दर्ता, सञ्चालन र नवीकरण कसरी गर्ने ?

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

नेपालको प्रचलित कानुन बमोजिम स्वास्थ्य संस्था संचालन गरि सेवा दिँदा जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम स्वास्थ्य संस्था दर्ता र संचालन अनुमतिपत्र लिएर मात्र सेवा दिनुपर्ने कानुनी मान्यता रहेको छ । स्वास्थ्य संस्था भन्नाले नीजि, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था जस्तै स्वास्थ्य क्लिनिक /बिशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आयुर्बेद क्लिनिक, होमियोप्याथी क्लिनिक, आँखा उपचार केन्द्र, फिजियोथेरापी केन्द्र, पुनस्र्थापना केन्द्र, प्राकृतिक उपचार केन्द्र, अकुपन्चर केन्द्र, युनानि उपचार केन्द्र, योग ब्यायाम तथा शारीरिक ब्यायाम केन्द्र, जेरियाट्रिक परामर्श केन्द्र, जनरल तथा बिशेषज्ञ अस्पताल, बाल अस्पताल, आयुर्बेद अस्पताल, गैर नाफामूलक सामुदायिक शिक्षण कलेजले सञ्चालन गर्ने शिक्षण अस्पताल, होमियोप्याथी अस्पताल, जेरियाटिक केयर सेन्टर, रेडियो ईमेजिङ्ग सेन्टर (एक्सरे, भिडियो एक्सरे, सि.टि, एमआरआई ), रक्तसञ्चार केन्द्र, प्रयोगशाला/डाएग्नोष्टिक सेन्टर, टेस्ट टयुब बेबी सेन्टर, डाइलासिस केन्द्र, पुनस्र्थापना केन्द्र लगायतका स्वास्थ्य संस्थाहरू पर्दछन । आज यस स्तम्भ मार्फत स्वास्थ्य संस्था दर्ता र संचालन अनुमतिपत्र के कसरी लिन सकिन्छ भन्ने बिषयमा जानकारी गराउने प्रयास गरिएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ः जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उप नियम (१) अनुसार कसैलेपनि संचालन अनुमतिपत्र नलिई नीजि, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन हुँदैन भनि उल्लेख गरिएको छ । नियम १२ को उपनियम (३) अनुसार यो नियमावली प्रारम्भ हुँदाको बखत संचालन अनुमतिपत्र नलिई संचालनमा रहेका नीजि, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तिन महिनाभित्र स्वास्थ्य संस्था संचालन अनुमतिको लागि तोकिएको स्थानमा निवेदन दिनुपर्नेछ भनि उल्लेख गरिएको छ ।

कहाँबाट अनुमति लिन सकिन्छः
२०७७ को अनुसुची ९ अनुसार स्वास्थ्य संस्थालाई इजाततपत्र दिने निकायको बारेमा उल्लेख गरिएको छ । जस अनुसार
१) मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट इजाततपत्र लिने र नबिकरण गराउन पर्ने स्वास्थ्य संस्थाहरू ।
क) २०० शैया माथिका जनरल अस्पताल,
ख) बिशेषज्ञ अस्पताल,
ग) बिशिष्टिकृत अस्पताल,
घ) बाल अस्पताल,
ङ) ५० शैया माथिको आयुर्बेद अस्पताल÷बिशेषज्ञ आयुर्बेद अस्पताल,
च) नीजि, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक शिक्षण कलेजले सञ्चालन गर्ने शिक्षण अस्पताल,
छ) होमियोप्याथी अस्पताल,
ज) जेरियाटिक केयर सेन्टर,
झ) ‘क’ श्रेणीको रेडियो ईमेजिङ्ग सेन्टर,
ञ) रक्तसञ्चार केन्द्र,
ट) ए र बि बर्गको प्रयोगशाला,
ठ) टेस्टटयुब बेबी सेन्टर ९क्ष्ख्ँ०,
ड) डाइलासिस केन्द्र (२५ शैयाभन्दा माथि),
ढ) पुनस्र्थापना केन्द्र (२५ शैयाभन्दा माथि),
ण) अन्य कुनैपनि तहको सूचीमा नपरेको र स्पस्ट नभएको स्वास्थ्य सेवा ।
२) प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट इजाततपत्र लिने र नबिकरण गराउन पर्ने स्वास्थ्य संस्थाहरू ।
क) २५ देखि २०० शैयासम्मको जनरल तथा बिशेषज्ञ अस्पताल,
ख) २५ देखि २०० शैया सम्मको आयुर्बेद अस्पताल,
ग) डेन्टल क्लिनिक, बिशेषज्ञ क्लिनिक, पोलिक्लिनिक,
घ) अाँखा उपचार केन्द्र,
ङ) सि बर्गको प्रयोगशाला,
च) ख श्रेणीको रेडियो ईमेजिङ्ग सेन्टर,
छ) डाइलासिस केन्द्र (२५ शैयासम्म),
ज) पुनस्र्थापना केन्द्र (२५ शैयासम्म)
झ) हस्पिस सेन्टर ।
३) स्थानिय तह वा स्थानिय तहले तोकेको निकायबाट इजाततपत्र लिने र नबिकरण गराउन पर्ने स्वास्थ्य संस्थाहरू ।
क) स्वास्थ्य क्लिनिक, आयुर्बेद क्लिनिक, सेवारिक्पा (आम्ची) क्लिनिक, होमियोप्याथी क्लिनिक र त्यस्तै प्रकारका अन्य क्लिनिकहरू
ख) फिजियोथेरापी केन्द्र, पुनस्र्थापना केन्द्र (मनोसामाजिक), प्राकृतिक उपचार केन्द्र, अकुपन्चर केन्द्र, युनानि उपचार केन्द्र, योग ब्यायाम तथा शारीरिक ब्यायाम केन्द्र, परामर्श सेवा क्लिनिक, यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्रहरू,
ग) जेरियाट्रिक परामर्श केन्द्र,
घ) डि र ई बर्गको प्रयोगशाला,
ङ) १५ शैया सम्मको अस्पताल ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्थानिय तह वा स्थानिय तहले तोकेको निकायबाट इजाजतपत्र लिनुपर्ने र नबिकरण गराउनु पर्नेको हकमा स्थानिय तहबाटै र स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक र फिजियोथेरापी क्लिनिकको लागि स्वास्थ्य कार्यालयहरूलाई इजाततपत्र दिने र नबिकरण गराउने अधिकार तोकेको छ । त्यसैगरि बिशेषज्ञ क्लिनिक, आँखा उपचार केन्द्र, तथा ख श्रेणीको रेडियो ईमेजिङ्ग सेन्टर मात्र भएमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङ दाङबाट इजाजतपत्र लिनुपर्ने र नबिकरण गराउनुपर्ने र अरू २५ सैया भन्दा माथिका अस्पतालको भने लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयलबाट इजाततपत्र लिनुपर्ने र नबिकरण गराउनुपर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य क्लिनिक भन्नाले ओपिडीसहित ४ वटासम्म सेवाहरू संचालनमा रहेको स्वास्थ्य संस्था हो । स्वास्थ्य क्लिनिकले ओपिडी मात्र वा ओपिडीसहित ४ वटा सेवाहरू संचालन गर्न पाउँछ जसमा डि वा ई बर्गको प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे सेवा र फिजियोथेरापी क्लिनिक पर्दछन ।

पोलिक्लिनिक भन्नाले ओपिडी सहित ५ वटा सेवा वा सो भन्दा बढि सेवाहरू संचालनमा रहेको स्वास्थ्य संस्था हो । पोलिक्लिनिकले ओपिडी, सि बर्गको प्रयोगशाला, एक्सरे सेवा सहित ५ वटा सेवा वा सो भन्दा बढि सेवाहरू संचालन गर्नपर्दछ जसमा पर्ने सेवाहरू फिजियोथेरापी क्लिनिक, भिडियो एक्सरे, परिवार नियोजन सेवा ईमर्जेन्सी सेवा पर्दछन ।
१५ शैयासम्मका अस्पतालः जनस्वास्थ्य सेवा नियमावली २०७७ को अनुसुचि ७ मा उल्लेख भए अनुसार १५ शैयासम्मका अस्पताल संचालन गर्दा ओपिडी (फिजिसियन, सर्जरी ,गानोक्लोजी, वाल रोग र सामान्य दन्त सेवा), इमर्जेन्सी सेवा, इमर्जेन्सी प्रयोगशाला तथा एक्सरे सेवाका साथै अन्य निदानात्मक सेवाहरू प्रयोगशाला, एक्सरे, भिडियो एक्सर सेवा, फिजियोथेरापी र परिवार नियोजन सेवाहरू सन्चालन गर्नुपर्दछ । साथै प्रति शैया ५५ स्क्वायर मिटर जग्गा र सो जग्गामा बनेका भुकम्प प्रतिरोधी घर हुनुपर्ने उल्लेख गरिएको छ ।

संस्था दर्ता र अनुमतिपत्र कसरी लिने ? सर्वप्रथम मापदण्ड राम्ररी अध्ययन गर्ने । मापदण्ड पुग्ने देखिएमा कम्पनी रजिस्ट्रार वा घरेलु तथा साना उद्योग कार्यालयमा संस्था दर्ता गर्ने, राजस्व कार्यालयबाट स्थायी लेखा दर्ता प्रमाणपत्र लिने, स्थानीय निकायमा व्यवसाय दर्ता गर्ने र निर्देशिकामा उल्लेख गरिएका मापदण्ड अनुसार सेवा पु¥याउने जनशक्तिको नागरिकता/शैक्षिक योग्यताका प्रमाणपत्र/काउन्सिल दर्ता/कबुलियतनामा र नियुक्ति, औजार उपकरणको विवरण, सम्पूर्ण सेवा शुल्कमा नेपाल सरकारले प्रमाणित गरेको अपाङ्ग, असहाय महिला स्वयंसेबिका र भूकम्पपीडितमध्ये १० प्रतिशतलाई दिइने छुटको विवरण, औजार उपकरण भौतिक सामाग्रीको विवरण, प्रदान गरिने सेवा सुची, कार्ययोजना, नागरिक वडापत्र सहित निर्देशिकामा उललेख गरिय अनुसारको फारम भरि तोकियको संचालन अनुमतिपत्र दिने निकायमा निबेदन दिने उक्त निकायबाट बिज्ञ सहित अनुगमन टोलि पठाउछ र निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पूरा भएको पाइएमा नियमानुसार राजस्व बुझाउन पठाई संचालन अनुमतिपत्र दिने ब्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी अस्पतालको लागि मनसायपत्रको फारम भरि तोकिएको संचालन अनुमतिपत्र दिने निकायमा निबेदन दिने तथा उक्त निकायबाट बिज्ञसहित अनुगमन टोली पठाउँछ र निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पूरा भएको पाइएमा नियमानुसार राजस्व बुझाउन पठाई मनसायपत्र दिने ब्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।
(केन्द्रीय सचिवालय सदस्य, मेलान)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?