© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । जयन्तीसँगै नयाँ वर्ष नेपाल संवत् ११४७ मङ्गलवार विविध कार्यक्रम गरी मनाएका हुन् ।
यसैबिच बुद्धभूमि नगरपालिकामा नगरप्रमुख केशवकुमार श्रेष्ठले शंखधर साख्वाले जनताको ऋणमोचन गरी समाजमा पुर्याएको योगदान ऐतिहासिक र अनुकरणीय रहेको बताए । उनले नेपाल संवत् नेपाली मौलिकता, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गरे ।
वक्ताहरूले शंखधर साख्वाको सामाजिक योगदान र नेपाल संवत्को ऐतिहासिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए । नेवार समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै मौलिक पहिचानलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेवा देय् दबू कपिलवस्तुका अध्यक्ष निलकुमार श्रेष्ठ, बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु पौडेल, समाजसेवी विष्णुहरि आचार्य, पिताम्बर खनाल र हिमलाल न्यौपाने लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।