ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

बुटवलमा पर्यटनः अभ्यास र सम्भावना

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

प्राकृति सौन्दर्य, ऐतिहासिकता एवं धार्मिक सम्पदा, सांस्कृतिक विविधता र विकसित भौतिक पूर्वाधारका दृष्टिले बुटवल पर्यटनको संभावना भएको शहर हो । यद्यपि समुचित योजना, प्रचारप्रसार, संरक्षण तथा दीर्घकालीन पूर्वाधार विकासको अभाव भने अझै पनि खड्किएको छ । यसै विषयलाई केन्द्रित गरी बुटवलमा पर्यटनको अभ्यास र संभावनाको खोजी गरी सुझावमार्फत भावी रणनीति निर्माणमा आधार तय गर्न शुक्रबारका दिन बुटवलमा पर्यटनका अभ्यास र संभावना विषयक अन्तरसंवाद कार्यक्रम बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको हो । अन्तरसंवाद कार्यक्रममा व्यक्त भएका विचार र सुझावलाई हामीले संक्षेपमा लिपिबद्द गरेका छौं ।

बुटवलमा जुनसुकैस्तरका पर्यटकहरु आएर बस्न सक्ने अवस्थाका होटलहरु छन् । पर्यटकहरुलाई सम्मान र हाम्रा पर्यटकीय स्थानको प्रचारमा अझै जोड गर्नुपर्ने देखिएको छ ।

बुटवलमा २ दिन भुलाउन सक्ने ठाउँ नभएकाले पर्यटकले समय व्यतित गर्न सक्ने गरि पर्यटन बिकास आवश्यक छ । बाणिज्य क्याम्पसदेखि मगरघाटसम्म जलासय निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न सकिने अवस्था छ ।

‘बुटवल गुल्जार बनाउन पर्यटन सहयोगी’

हरि प्रसाद पौडेल
अध्यक्ष, बुटवल पब्लिकेशन प्रा.लि.
कोभिडपछि देशमा आर्थिकमन्दी अर्थतन्त्र प्रति नकारात्मक सोंच आएको थियो । युवाहरूमा बिदेश पलायनको क्रम बढेको छ । नुन र घिउबाट बन्चित बुटवल बजारलाई पुनः गुल्जार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । गुल्जार बनाउन पर्यटन सहयोगी बन्न सक्छ । नकारात्मकता त्यागेर सकारात्मक सोंचका साथ अगाडि बढ्न सक्यौं र पूर्वाधारमा विकास गर्न सक्यौं भने यो असंभव छैन ।

पर्यकीय क्षेत्र बनाउन धेरै योजना छन्’

खेलराज पाण्डेय
नगर प्रमुख, बुटवल उपमहानगरपालिका
बुटवल ईतिहासको कालखण्डमा धेरै उपलब्धि प्राप्त गरेको थलो हो । १ करोड बर्ष पुरानो रामापिथेकसको ईतिहास रहेको, पसेन बंशको कुलको स्थान रहेको फूलबारी । अंग्रेजलाई जितेको जितगढी हाम्रा गहना हुन् । यो यातायातको क्षेत्रमा देशकै महत्वपूर्ण स्थान हो । शिक्षा र स्वास्थ्यतर्फ निजी र सरकारी क्षेत्रमा गर्व गर्न लायक काम भएको छ । बुटवल सबैको शिर उच्च हुने अवस्था छ । सेन बंशको दरवारको पुनःनिर्माणको क्रममा छ । युद्ध सँगको जोडीएको संग्राहलयलाई व्यवस्थित बनाउन झण्डै १७ करोड लाग्ने अनुमान छ । पुरानो बटौलीमा ऐतिहासिक मन्दिर र मस्जिद छ ।

४६ बटा पुराना घरलाई एउटै ढंगमा पुनर्निर्माणको योजना बढेको छ । जितगढी किल्ला पुनः निर्माणमा पुरातत्व बिभागको फरक मत आएको छ । बुटवल देखि नुवाकोट सम्म पैदल मार्गको कार्य अगाडी बढेको छ । नुवाकोटमा ठूलो शिवमूर्ति, हिलपार्कमा बुद्ध मूर्ति, बुटवल १८ मा थारु संग्राहलयको लागी प्रयत्न गरिएको छ । बुटवलमा २ दिन भुलाउन सक्ने ठाउँ नभएकाले पर्यटकले समय व्यतित गर्न सक्ने गरि पर्यटन बिकास आवश्यक छ । बाणिज्य क्याम्पस देखि मगरघाटसम्म जलासय निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न सकिने अवस्था छ ।

बुटवलमा ९३ हजार बिद्यार्थी अध्ययनरत छन तर ७० प्रतिशत बुटवल बाहिरका छन । बाहिरका बिद्यार्थीले बजार गुल्जार गर्न सहयोग पुगेको छ । प्रादेशिक अस्पलातमा दैनिक उपचार लिन आउने १० हजार बिरामी र उनका आफन्तका कारण अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको छ । क्रिकेट र फुटवलको लागी संभावना र पूर्वाधार तयारीको क्रमले पर्यटक आवागमनको संभाव्यता बढाएको छ । खेल पर्यटनको माध्यमले पर्यटन बिकास । हिन्दु र बुद्ध धर्म केन्द्रित पूर्वाधार तयारी गर्न आवश्यक छ ।

फूलबारीमा अक्षरधाम निर्माण गर्न सकिए धार्मिक पर्यटक बढ्ने । बुटवल देखि मुक्तिनाथ र लुम्बिनीदेखि कोर्लानाका धार्मिक पर्यटनको संभावना क्षेत्र हुन । बुटवलदेखि मुक्तिनाथ सम्मको यातायात सञ्चालनमा पहल कदमी आवश्यक देखेका छौं । बुटवल बुटवलका लागि मात्रै भई नजिकका क्षेत्र रिडी, रेसुगाँ, पाणिनी लगायतका क्षेत्र जोडेर नेतृत्व गर्न सक्छ । होटल पूर्वाधारको पर्याप्तता देखिन थालेको छ । बुटवल आउने पर्यटक लक्षित प्याकेज कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्छ । बुटवलले लुम्बिनी सहित मुक्तिनाथ सम्मको प्याकेजका कार्यक्रम सञ्चालन गर्न सकिने संभावना छ । बुटवलले पर्यटनको लागि बिश्वसनिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने उनले बताए । सहकार्यका लागि नगर सदैव प्रयत्नशिल रहँदै आएको छ । पर्यटकिय बिकासका लागि आवश्यक ऐन, नीति बनाउन नगर सधै तत्पर रहेको नगर प्रमुख पाण्डेयले बताए ।

‘सबैको सहकार्यले अघि बढ्छौं’

सावित्रादेवी अर्यालउपप्रमुख बुटवल उपमहानगरपालिका
बुटवलका बारेमा सबैले चिन्ता लिनु जरुरी छ । भारतबाट आउने पर्यटकहरूलाई मुक्तिनाथ सम्म कसरी पु¥याउने भन्ने हाम्रो मुख्य लक्ष्य छ । बुटवलको राजधानी भालुबाड सरे पछि नै हामीले बुटवललाई पर्यटकहरूको हव बनाउने गरेर काम गरेका छौं । उनले १६/३६ कुलोबाट फोहोर तिलोत्तमासम्म पुग्न नदिनका लागि प्रयास गरिएको छ । सबैले सकारात्मक सोंच र उर्जाले नै पर्यटकिय क्षेत्रको रूपमा अगाडी बढिरहेको छ । बुटवलमा जुनसुकैस्तरका पर्यटकहरू आएर बस्न सक्ने अवस्थाका होटलहरू रहेका छन् । पर्यटकहरूलाई सम्मान र हाम्रा पर्यटकिय स्थानहरूको प्रचारमा अझै जोड गर्नुपर्ने देखिएको छ ।

‘स्थानीय र मौलिक खानाको स्वाद पस्किऔं’

विमलबहादुर शाक्यपूर्व उपमेयर, बुटवल उपमहानगरपालिका
पर्यटकहरूलाई ल्याउनका लागि गन्तव्य बनाउन पहिला योजना हुन जरुरी छ । इतिहासको खोजी, लिपिबद्द र त्यसको प्रचारमा ध्यान पु¥याऔं । योजनासँगै यहाँ रहेका प्राकृतिक सम्पदाहरूको प्रचारपसार गर्न आवश्यक भारतिय पर्यटकहरू लुम्बिनी घुमेपछि सिधै पोखरा पुग्दछन् । उनीहरूलाई बुटवलमा रोक्न सक्नु पर्छ अनि मात्रै यहाँको विकास हुन्छ । उनीहरूलाई इतिहास खोज्ने, रमाउने ठाउँको रूपमा विकास गर्न सकिन्छ । पर्यटनको संभावनालाई बदल्नमा सबैले हातेमालो गरौं ।

‘पर्यटक आगमनको सेन्टर प्वाइन्ट बनाऔं

हरि प्रसाद अर्याल
अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ
पर्यटकिय बिश्रामस्थलको रूपमा बिकास गर्दै आएकोमा पर्यटक आगमनको स्थलको रूपमा बिकास गर्न सकिने अवस्था आएको छ । बुटवललाई स्थानीय प्वाईन्ट र अन्य पर्यटकिय स्थललाई सेन्टर प्वाईन्टको रूपमा बिकास गर्न सकिए दीगो पर्यटनको बिकास हुन सक्ने अवस्था छ । पर्यटक घुम्ने स्थानलाई प्वाईन्ट निर्धारण गरि रुट बनाएर भ्रमण प्याकेज बनाउन आवश्यक छ । स्थानीय तह र सरोकारवालाले सहकार्यमा लगानी गर्न आवश्यक छ । मौलिक खानेकुराको बजारीकरण गर्न सकिएको छैन । होमस्टेको बिकास गर्न सक्नुपर्छ । तिनाउ जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्छ ।

एग्रो टुरिजमको रिसर्च जरुरी छ’

राजन पाण्डे
नगर सभापति, रास्वपा, बुटवल
सुचना प्रबिधिको क्षेत्रमा अब्बल बनाउन सके राम्रो, एग्रो टुरिजम, वन वातावरणको लागि रिसर्चका लागि नगरले रिसर्चमा सहयोग गर्न सक्छ । पर्यावरण संरक्षणका लागि पर्यावरणमैत्री बन्नु पर्छ । कंक्रिट संरचना निर्माणलाई कम गर्नुपर्छ । फोहरमैला व्यवस्थापनको दिर्घकालिन योजना बनाउनु पर्छ । फोहरले नगर नै नराम्रो हुने भएकाले यसमा नगरले ध्यान दिन जरुरी छ । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । त्यसैगरी हामी सबैले आ–आफनो क्षेत्रबाट पर्यटक ल्याउन पहल गर्न आवश्यक छ । पर्यटकहरूलाई बुटवलमा बास बस्ने गरी राख्न सके पर्यटनको विकासमा सहयोग पुग्छ ।

पर्यटकका लागि किनमेल बजार हुनुप¥यो

नवराज श्रेष्ठपूर्व अध्यक्ष, उद्योग बाणिज्य संघ, बुटवल
छिमेकी मुलुकका पर्यटकहरूलाई यहाँ ल्याउने वातवारण सृजना गर्न आवश्यक छ । यहाँ आउने पर्यटकहरूका लागि किनमेलको बजार बनाउन आवश्यक छ । उनीहरू यहाँ आएर बजारमा रमाउन सक्ने वातारण भयो भने आर्थिक किनमेल पनि हुने भएकले बजारलाई पनि ध्यान राख्न जरुरी छ । शीर्षक महŒवपुर्ण रहेको छ । बुटवलमा २ वटा केबलकार गाह्रो गाह्रो गरेर चलेको छ । निजी क्षेत्र प्रबद्र्धनात्मक कार्यक्रम आवश्यक छ । छिमेकी मुलुकको नजिक र पूर्व क्षेत्रमा प्रचार प्रसार गर्न सकिए पर्यटक आवागमन बढ्न सक्ने देखिन्छ । स्थानीय सरकार र निजी तह बिचको सहकार्य आवश्यक छ । संस्कृती आदानप्रदानमुलक कार्यक्रम आवश्यक छ ।

‘स्थानीय उत्पादनलाई जोड दिऔं’

केशव न्यौपाने
प्रबन्धक संचालक, पैचो पसल प्रा.लि.
तिनाउ रिभर पर्यटनलाई अगाडी बढाउने योजना बुटवलका लागि लाभदाय बन्नसक्छ । तिनाउ नदीमा दुईदेखि तिन खण्डमा पानी रोकेर २ हजार किलो लिटर रोकेर ड्याम बनाउन सकिन्छ । दुवै तर्फ वाकिङ र साईक्लिगंक पथको रूपमा बिकास गरेर पर्यटक होल्ड गर्न सकिन्छ । स्थानीय उत्पादन र खाना बिक्री हुने, २ केबलकार निरन्तर सञ्चालनमा सहयोग पु¥याउन सकिन्छ । तिनाउमा झोलुगें पुल बनाएर स्काई वार्क बनाउन सकिन्छ । सिद्धबाबा माथी र केरावारी तल वंन्जिजम्पे संभावना छ । त्यसलाई बिकास गर्न सकिए बुटवलमा बार्षिक ५ लाख पर्यटक थप्न सकिन्छ ।

’हिलपार्कदेखि गौशालासम्म पैदलमार्ग बनाऔं’

कृष्णप्रसाद पाण्डे,
बरिष्ठ उपाध्यक्ष बुटवल हिलपार्क परिषद्
बुटवल हिल पार्कको टप देखि गौशाला सम्म पदमार्गको योजना समेटन आवश्यक छ । बिग बुद्धको डिपिआरलाई कार्यान्यवनमा ल्याउन आवश्यक छ । यसले बुटवलमा पर्यटक ल्याउन सहयोग गर्छ । पर्यटकहरूलाई बुटवलमा भुलाउन पनि विभिन्न स्थानमा पार्क निर्माणसँगै प्रचार प्रसार गर्न आवश्यक छ । यहाँका आन्तरिक समस्याहरू समाधान गर्दे पर्यटक ल्याउनका लागि पहल गर्न जरुरी छ ।

‘धार्मिक रात्रीकालिन कार्यक्रमलाई जोडौं’

विशाल थापा अध्यक्ष, मासु व्यवसायी संघ
पाका उमेरका लागी भजन, संस्कृती सँग रात्रीकालिन कार्यक्रम बनाउन सकिए एक दिन रोक्न सकिन्छ । घुमफिर संस्कारको बिकास गर्न आवश्यक छ । साप्ताहिक रूपमा परिवारले घुम्ने संस्कृती बिकास आवश्यक छ । यसले हाम्रा संस्कार संस्कृतिको विकासमा सहयोग गर्छ । चुरे पहाडको मनोरमता दिने बृक्ष लगाएर मोनोरेल, चिडिया खाना बिकास गर्न सकिए एउटा पर्यटकिय गन्तब्य थप्न सकिन्छ । सडक मार्गले पर्यटकलाई सास्ती छ । हवाई र सडक यात्रा गर्दाको त्रास हट्ने बातावरण बनाउन आवश्यक छ ।

‘रोहिणी नदीको पहिचान र प्रचार जरुरी’

मदनलाल पौडेल
अग्रज पत्रकार
बुद्ध साहित्यमा रोहीणी नदीको चर्चा छ । जस्ले कोलिय र कपिलवस्तुको सिचाई गथ्यो । दुवैमा त्यसैमा लडाइँ भयो । रोहिणी नदी तिनाउ नदी नै हो । त्यसको अनुसन्धान गर्नुपर्छ । रोहीणी नदी बुद्ध साहित्यमा महत्वपुर्ण भएकाले रोहीणीको पहिचान भए बौद्धिक पर्यटन बृद्धिमा सो बिषयले भूमिका खेल्न सक्छ । लेखक र बौद्धिकले यसको चर्चा गर्न आवश्यक छ । रोहिणी नदी र तिनाउ नदी बीचको दुरी कायम गरेर उनीहरू बीचको धार्मिक पौराणिक कुरालाई बुझाउन सक्ने हो भने धार्मिक पर्यटक धेरै पर्यटकहरू यहाँ आउन सक्ने अनुमान गर्न सकिन्छ ।

केरलादेखि मुक्तिनाथसम्मलाई समेटौं

डा. बालकृष्ण चापागाई
बरिष्ठ पत्रकार
बुटवल नेपालको सभ्यताको मुल केन्द्र हो । केरला देखि मुक्तिनाथ सम्मको मध्य मार्ग हो । बुटवलमा भएको सबै सभ्यता जोगाउन सबै लाग्नुपर्छ । बुटवलको सुरक्षामा हामी गम्भिर हुनुपर्छ । तिनाउको कटान र चुरे पहाडको पहिरोको जोखिम छ । बिकासको आधा तिनाउ नदी हो । आधा भाग तिनाउ र आधार हागो रोहीणी हुन सक्छ । हामीले यसलाई रोहिणीको रूपमा बिकास गर्नुपर्छ ।

‘पर्यटन प्रवद्र्धनका लागि दृष्टिकोणमा स्पष्ट होऔं’

प्रदिप उदय
अध्यक्ष, राप्रपा, लुम्बिनी प्रदेश
पर्यटनको चर्चा गर्दा पर्यटक कसरी ल्याउने महत्वपुर्ण हुनुपर्छ । संख्या भन्दा खर्चालु पर्यटक कसरी ल्याउने भन्नेमा ध्यान दिनुपर्छ । नगरले दृष्टिकोण तयार बनाउनु पर्छ । कस्तो, कहाँको पर्यटक ल्याउने ? स्थानीय पर्यटक ल्याउन लगानीमैत्री बातावरण बनाउनु पर्छ । लगानीमैत्री नभए सम्म पर्यटन बिकास हुँदैन । टुक्रे योजनाले पर्यटन बिकासलाई सहयोग पुग्दैन । कस्तो पर्यटक ल्याउने दृष्टिकोण बनाउने र व्यवसायमैत्री सरकार भए पर्यटक बढ्छ ।

‘भारतका पर्यटक ल्याउन सकिन्छ’

टंक प्रसाद पोख्रेल
अध्यक्ष, नेपाल चुम्बर अफ कमर्श, लुम्बिनी
नेतृत्वले भिजन सहितको योजना बनाए काम हुन्छ । सहज र सुलभ घुम्न सक्ने गरि युपी र बिहारका पर्यटकलाई भित्राउन सक्नुपर्छ । भारतिय पर्यटकहरूको योजना अनुसार हामीले काम गर्न आवश्यक छ । पर्यटकका लागि हामीले बुटवलले लिड गर्न आवश्यक छ । त्यो संभव पनि छ ।

 

‘नगरभित्र उद्यानै उद्यान बनाऔं’

खेम प्रसाद लुईटेल,
केन्द्रिय अध्यक्ष, नेपाल उद्यान महासंघ
अन्य पर्यटकिय क्षेत्र, उत्पादन, सेवाबारे जानकारी दिने संस्कृतीको विकास गर्नुपर्छ । धार्मिक पर्यटकका लागि बातावरण बनाउनुपर्छ । नगर भित्रका उद्यानमा मान्छेलाई भुलाउने बातावरण बनाउन पर्छ । झोलामा पैसा ल्याएर खर्च गर्नै बातावरण बनाउन आवश्यक छ । नगरका खाली ठाउँमा उद्यान बनाउने संस्कृतीको विकास गरौं ।

 

‘वरपरका डाँडामा हरियाली बढाऔं’

लवकुश श्रेष्ठ,
पूर्व अध्यक्ष, सिद्धबाबा धाम विकास समिति
चुरेलाई लोभ्याउने गरि पर्यावरणीय बनाउन आवश्यक छ । हरियाली डाँडालाई शोभायमान बनाई पर्यटकलाई लोभ्याउने बातावरण बनाउन सकिन्छ । डाँडाहरूमा विभिन्न प्रजातीका फूलहरू रोपेर पर्यटकहरूलाई भुलाउन सक्ने खालले विकास गर्न आवश्यक छ । त्यसका लागि स्थानीय सरकारले राष्ट्रपति चुरे र सामुदायिक वनसँग संयोजन गरेर हरियाली र विभिन्न फूलहरू सहितको डाँडा बनाएर पर्यटक ल्याउन आवश्यक छ ।

 

‘मौलिक संस्कृतीलाई प्राथमिकता दिन आवश्यक छ’ 

रामु जोशी
कार्यकारी निर्देशक, लुम्बिनी पर्यटन बिकास परिषद
पर्यटकको बर्गीकरण गर्दा ६७ प्रतिशत पर्यटक मनोरञ्जनका लागी ८ प्रतिशत धर्मको लागी आउने गरेका छ । ९२ प्रतिशत पर्यटन पदमार्गबाट आउछन । त्यसमा पनि सुनौली नाकाबाट आउने गरेका छन । युपी र लुम्बिनी प्रदेश बिच पर्यटन बढाउन भारतिय पक्ष तयार छन । सहकार्य आवश्यक छ । बजार बुझेर, अनुसन्धान गरेर पर्यटकलाई आर्षित गर्ने प्याकेज सञ्चालन गर्न सकिन्छ ।
यहाँको प्रकृती र संस्कृती बुझ्नका लागी पर्यटक आउने भएकाले मौलिक संस्कृतीलाई प्राथमिकता दिन आवश्यक छ । कला संस्कृत, खाना, मनोरञ्जनमा पर्यटकको आकर्षण छ । बुटवलले पर्यटकको ईच्छा अनुसारको योजनागत ब्राण्डीगं गर्नुपर्छ । बुटवलमा पार्किङको समस्या छ, समाधान खोज्नु पर्छ । पर्यटक होल्ड गर्न श्रोत बजारलाई हिट गर्नुपर्छ । ईकाले टुरिजम सर्किटको रूपमा बर्दिया, हिलपार्क हँुदै चितवन जोडिँदै छ, त्यसले पर्यटकलाई आकर्षण गर्न सहयोग पुर्याउछ ।

 

‘प्याकेजका लिस्ट सहित प्रचारलाई प्राथमिकता दिऔं’

अर्जुन ज्ञवाली
अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज,रूपन्देही
बुटवललाई पर्यटकिय क्षेत्र बनाउन तयारी, तयार, सत्कार र प्रचार प्रसारमा जोड् दिनु पर्छ । प्याकेजका लिस्ट र प्रचारका माध्यमलाई अन्तराष्टि यस्तरमै गर्न आवश्यक छ । लुम्बिनी प्रदेशको प्रतिनिधीत्व बुटवलले गर्छ । जोडिएको पालिकाको पर्यटन संयन्त्र निर्माण गरेर अगाडी बढ्नु पर्छ । संयुक्त पर्यटन प्रबद्र्धन गर्नु पर्छ । १२ जिल्लाको संस्कृति, खाना, कला, उत्पादनको ब्राष्डिग गर्नु पर्छ । त्यसले पनि पर्यटकहरूलाई लोभ्याउन सक्छ । आर्थिक खर्च गर्ने गरी पर्यटकलाई बुटवलमा राख्न सकिन्छ ।

‘पर्यटकका लागि भौतिक संरचना आवश्यक’

मन्जु भुसाल,
अध्यक्ष, लुम्बिनी निर्माण व्यवसायी संघ
पर्यटनका लागी भौतिक पुर्वाधार महत्वपुर्ण हो । बर्षामा हिलो र गर्मीमा धुलाम्मे सडकले पर्यटकलाई समस्या थप्छन । बुटवल देखी लुम्बिनी सम्म समन्वयमा पर्यटक बस सञ्चालन गर्नु पर्छ । पर्यटकका लागि सूचना केन्द्र सञ्चालन आवश्यक छ । पर्यटकमैत्री सडक नहुँदा दुर्घटनाका समस्या भएकाले पूर्वाधार सोहि अनुसार बिकास गर्नपर्छ । भौतिक पुर्वाधार महत्वपुर्ण छ ।

 

‘बुटवल पारी र वारी रिंगरोड बनाउन आवश्यक’

दुर्गा पौड्याल
लेखक
सबैको प्रतिबद्धता पुरा भए एकदमै राम्रो हुन्छ । बुटवल धेरै बिकास भएको छ । पर्यटक भित्राउन आवश्यक पूर्वाधार तयार गर्नु पर्छ । सुरक्षित सडक र पूर्वाधार, गन्तब्यमा पुग्ने सुनिश्चितता नहुँदा पर्यटक हिचकिचाउँछन । सरसफाई नहुँदा पर्यटक रोकिन खोज्दैनन । बुटवल पारी र वारी रिंगरोड बनाउन सकिए पर्यटकिय क्षेत्र हेर्न पर्यटक भित्रिन्छन ।

‘विदेश पुगेका विद्यार्थीको अनुभव राम्रो हुन सक्छ’

गिरीराज पाण्डे,
अध्यक्ष, ईक्यान रूपन्देही
विद्यार्थी बिदेशमा गएको बारेको तथ्याकसँगै सम्पर्कं हामीसँग छन । उपमहानगरपालिकाले नेतृत्व लिए बिदेशमा भएका नेपाली समुदायलाई जोडेर संवादको बातावरण बनाउन सक्छौं । स्थानीय पाठ्यक्रमले विद्यार्थीसम्म पर्यटन शिक्षा प्रबद्र्धनमा टेवा पुगिरहेको देखेको छु । पर्यटकका लागि संस्कार आवश्यक छ । सबैले पर्यटकलाई सम्मान गर्न सके पर्यटक ल्याउन सहज वातावरण बन्न सक्छ ।

‘घुम्न लायक ठाउँको पहिचान आवश्यक’
लक्ष्मण प्रसाद श्रेष्ठ
सचिव, नेवा सेवा समाज
घुम्न लायक स्थान केन्द्रित गरि रिंग रोड बनाउन पर्छ । बसन्तपुर र नुवाकोटलाई केन्द्र बनाई बसाई लम्ब्याउन सकिन्छ । बुटवलको संमग्र विकासका लागि पर्यटकले महत्वपूर्ण भूमिका रहन्छ । यसलाई सबैले आ–आफ्नो ठाँउबाट गम्भिर रूपमा लिएर पर्यटक भित्राउने विशेष योजना हुन आवश्यक छ ।

‘होटलहरूले पर्यटकीय प्याकेज बनाउन आवश्यक’
हुमाराम पोखरेल
अध्यक्ष, हाट बजार व्यवसायी समिति, रूपन्देही
बुटवलले सबै संस्कृतीको पहिचान झल्कने गरि स्वागत गान निर्माण गरोस । पर्यटक होल्डिगं सेन्टर राखेर सुचना प्रदान गर्न आवश्यक छ । भारत लक्षित श्रव्य दृश्य सामग्री निर्माण गरियोस । पाणिनी, रुरु र स्वर्गद्वारी लक्षित कार्यक्रम जोड्न पर्छ । पाँच तारे र तिन तारे होटलले अनिवार्यले प्याकेजको व्यवस्था गर्नु पर्ने वातावरण बनाउन पर्छ । बुटबलमा उपचारमा बढि समय पर्खनु पर्ने भएकाले बिरामी बुटवल भन्दा भैरहवा जान सहज मान्ने गरेका छन । भारतका बिद्यार्थीले शिक्षा आर्जन गर्न आउन सक्ने गरि योजना निर्माण गर्न आवश्यक छ ।

‘आर्थिक अवस्था समेत चलायमान हुन्छ’

कल्पना तिवारी
स्टेशन म्यानेजर, रेडियो मुक्ती
पर्यटन सगै सिप र संस्कृति निर्यात आवश्यक छ । सिपलाई आर्जन सँग जोड्नु पर्छ । सिपको निर्यात पनि महत्वपूर्ण छ । स्थानीय सरकार बिचको समन्वयकारी भूमिका बिना पर्यटक भित्राउन समस्या हुन्छ । जिल्लाका १६ पालिका सँग सहकार्य गरेर स्थानीय सिप हस्तान्तरण गर्न भूमिका खेल्नुपर्छ । जस्का कारण आर्थिक अवस्था समेत चलायमान हुन्छ ।

‘साना–साना कुरामा ध्यान दिन जरुरी छ’

कृष्ण प्रसाद सापकोटा
प्रमुख प्रशासकिय अधिकृत देवदह नगरपालिका
बुटवलमा संभावना रहेको दृष्टिकोण केन्द्रित गरि छलफल चलाउन आवश्यक छ । पर्यटक टिकाउने र खर्च गराउन समस्या छ । बुटवल बाटो मात्रै होईन हब हो । सम्भावना अधिक छ, मसिना कुरामा सहकार्य गर्न आवश्यक छ । बजार मागका आधारमा समयसीमा, सहजता र सहि मूल्यमा सेवा प्रवाह गर्न सकिए पर्यटकको आकर्षण बढ्छ । पर्यटकहरूका लागि साना साना कुराले पनि लोभ्याउने भएकाले त्यसतर्फ स्थानीय सरकारका साथै स्थानीयबासी, निजी क्षेत्र सबैको योगदान जरुरी छ ।

‘लुम्बिनीलाई समेटेर योजना बनाऔं’

गोविन्दप्रसाद मरासिनी
अध्यक्ष, उच्च अदालत बार एशोसियसन बुटवल इजलास
पर्यटन विकासका लागि व्यवसायी मैत्री सरकार हुन आवश्यक छ । जबसम्म व्यवसायी मैत्री सरकार हुन सक्दैनन तवसम्म पर्यटक ल्याउन संभव छैन । त्यस तर्फ पनि स्थानिय सरकारले ध्यान दिन आवश्वयक छ । बुटवलले पर्यटकका लागि काम गर्ने हो भने वरिपरिका स्थानिय तह र लुम्बिनीलाई छाड्न मिल्दैन । तिनिहरूलाई समेटेर योजना बनाएर योजनासगै बजेट बनाएर काम गर्न आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?