ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

गुल्मीको हाटबजार गाडी पार्किङमा परिणत

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

गुल्मी, १९ वैशाख ।

गुल्मीमा डेढ करोड बढी लगानीको हाटबजार अहिले सवारी पार्किङ र विद्युतका पोल राख्नेमा परिणत भएको छ । सदरमुकाम तम्घासस्थित चारीखोलामा रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार सवारी साधन र विद्युतका पोल राख्ने कार्यमा परिणत भएको हो ।

साविकको जिल्ला विकास समिति, कृषि कार्यालय र पशुसेवा कार्यालयका साथै नगरपालिकाको गरी कुल डेढ करोड बढी लगानी रहेको हाटबजार उद्देश्य अनुसार प्रयोग नभइ गाडी पार्किङको रुपमा परिणत भएको छ । उक्त स्थानमा केही वर्ष पहिले कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई नगरपालिकाले नै खरिद गरी बिक्री गर्ने गरेको थियो । पछि ब्यक्तिलाई हाटबजार सञ्चालनको जिम्मा दिएपनि धेरै समय टिक्न सकेन र अहिले सवारी साधन पार्किङको रुपमा हाटबजार रहेको छ ।

निजी क्षेत्रले हाटबजारलाई सञ्चालन गर्न नसकेकाले हाटबजारलाई नगरले ब्यवस्थित गर्न लागेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । विगत केही महिनादेखि हाटबजार सञ्चालनमा नआएको बताउँदै उक्त स्थानमा सुविधा सम्पन्न दुई तले भवन निर्माण गर्न लागेकाले भवन निर्माण पश्चात व्यवस्थित गरी नगरले हाटबजार सञ्चालनमा ल्याउने पन्थीको दाबी छ । यसै आर्थिक वर्षभित्रमा भवन सम्पन्न हुने भएकाले त्यस पश्चात नवनिर्मित भवनमा नयाँ ब्यवस्थापनका साथ हाटबजार सञ्चालनमा ल्याएरै छाडने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति गुल्मीको नाममा रहेको उक्त जग्गा ११ बर्षका लागि नगरपालिकाले भोगचलन गर्न पाउने गरी जिल्ला समन्वय समिति र नगरबीच सम्झौता भएको हो । आपसी समझदारीमा अवधि थप गर्न सक्नेसमेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रत्येक आर्थिक वर्ष सम्पन्न भएको तीन महिना भित्र हाटबजारको आयब्यय विवरण जिल्ला समन्वयलाई बुझाउनुपर्नेछ । प्रतिवेदनका आधारमा नाफा भए नाफाको २५ प्रतिशत नगरपालिकाले समन्वयलाई बुझाउन पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार । तस्बिर ः तिलाचन पाण्डे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?