ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

अब युटुबलाई पनि कानुनी रूपमा अनलाइन सञ्चार माध्यमको मान्यता

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

काठमाडौं,१७ वैशाख ।

अब युटुबजस्ता डिजिटल प्लेटफर्मलाई पनि नेपालको कानुनले अनलाइन सञ्चार माध्यमको मान्यता दिने भएको छ। सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ मा संशोधन गरी युटुबलाई समेत समेट्ने गरी ‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रतिनिधि सभाबाट पारित गरिसकेको छ।

मंगलबार प्रतिनिधि सभाले पारित गरेको यस विधेयकले अनलाइन सञ्चारमाध्यमलाई स्पष्ट रूपमा कानुनी परिभाषाभित्र ल्याएको हो। यसअघि पत्रपत्रिका भन्नाले छापामा प्रकाशित समाचारपत्र, पत्रिका वा समाचारपत्रिकालाई मात्र बुझिने व्यवस्था थियो। तर, संशोधनपछि प्रचलित ऐनको दफा २ को (च) पछि (च१) थपेर अनलाइन सञ्चार माध्यमको नयाँ परिभाषा समेटिएको छ।

नयाँ परिभाषाअनुसार, “अनलाइन सञ्चारमाध्यम भन्नाले इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्य, श्रव्यदृश्यको रूपमा सामग्री उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम” लाई बुझिनेछ। यसको अर्थ युटुब लगायतका डिजिटल सामग्री उत्पादक तथा वितरणकर्ता प्लेटफर्महरूलाई पनि अब सञ्चारमाध्यमको रूपमा मान्यता दिइनेछ।

यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङद्वारा संसद्मा प्रस्तुत गरिएको थियो। २६ वैशाख २०८० मा दर्ता भएको विधेयकलाई २९ भदौमा विषयगत समितिमा पठाइएको थियो। समितिबाट छलफल र परिमार्जनसहित पुनः १४ वैशाख २०८१ मा प्रतिनिधि सभामा आएको विधेयक अहिले पारित भइसकेको छ।

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पनि पारित भएपछि पुनः प्रतिनिधि सभामा जान्छ, त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष पुर्‍याइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र यो विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउनेछ।

यो संशोधनले डिजिटल माध्यमहरूको नियमन, दर्ता प्रक्रिया, तथा दायित्वबारे भविष्यमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?