ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारी भैरहवामा, एमाले पंक्तिको दौडधूप

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।

कोशी र गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तीन दिनको कार्यक्रम लिएर विहीबार रुपन्देही आइपुगेकी छन् । विहीबार बिहान काठमाडौंबाट भैरहवा ओर्लिएकी पूर्वराष्ट्रपति भण्डारी लुम्बिनी पुगेकी छन् ।

शुक्रबार लुम्बिनी विकास क्षेत्रमा निर्माण गरिने बिहारको शिलन्यास गर्ने र शनिबार यस क्षेत्रका महिला जनप्रतिनिधिसँगको अन्तरसंवाद भएपनि त्यसअघि र पछि उनले नेकपा एमालेको विभिन्न तहमा रहेका नेता-कार्यकर्ताहरूसँग भेटघाट सुरू गरेकी छन् । उनी तीन दिनसम्म रुपन्देही बस्ने कार्यक्रम रहेको छ ।

विशेषगरी भण्डारीको कोशी भ्रमणले एमाले वृत्तमा तरंग ल्याएको थियो भने राष्ट्रिय राजनीतिमा विद्यादेवी भण्डारी फेरि कार्यकारी भूमिकामा फर्किने चर्चाले आकार लिएको थियो ।

भण्डारी निवासमा त्यसपछि एमाले नेता कार्यकर्ताको चहलपहल झनै बढेको छ भने स्वयं अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि पछिल्लो केन्द्रीय कमिटी बैठकपछि भण्डारी निवासमा छलफलका पुगेका थिए ।

अहिलेसम्म खुलेर एमालेको राजनीतिमा नदेखिए पनि उनले भित्रभित्र आफ्नो पक्षमा माहोल बनाइरहेको एमाले नेताहरूले नै सार्वजनिक गरिरहेका छन् । विशेषगरी विभिन्न कमिटी र जनसंगठनका नेतृत्वमा समेटिन नसकेका तथा पेलाइमा परेकाहरुले गुनासो बिसाउने चौतारी भण्डारी निवास बनेको छ ।

रुपन्देहीमा भण्डारीका अन्य कार्यक्रम तय भए पनि मुख्य उद्देश्य एमालेभित्र आफ्नो माहोल बनाउने रहेको आंकलन उनी निकटस्थहरूको छ । भण्डारीले भैरहवामा रहँदासम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, यहाँका केन्द्रीय सदस्य, प्रभावशाली नेताहरू, युवा, विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्ने तय भएको छ ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले तीन दिनको कार्यक्रम लिएर विद्यादेवी भण्डारी यहाँ आएको र आफूले पनि भेटेर फर्केको बताए ।

कँडेलले भने, ‘मसहितका नेताहरू उहाँलाई विमानस्थलमा स्वागत गरेर लुम्बिनी भिलासासम्म आएर एकछिन कुराकानी गरेर फर्केका हौं, भोलि लुम्बिनीमा विहारको शुभारम्भ कार्यक्रम रहेछ, पर्सी महिला जनप्रतिनिधिसँगको अन्तरक्रिया रहेछ, सामान्य राजनीतिक अवस्थाका कुराकानी भए । उहाँ राजनीतिबाटै त्यहाँ जानुभएको हो, अरु कुरा हुने त सामान्य नै भयो तर बाहिर चर्चा आएजस्तो पार्टी नेतृत्वको, महाधिवेशनको विषयमा कुनै कुरा भएको होइन ।’

लुम्बिनीको कार्यक्रमअघि र पछि उनले भेटघाटलाई निरन्तरता दिएकी छन् । आन्तरिकरूपमा नेकपा एमाले नेता-कार्यकर्तासँग भेटघाट, लुम्बिनी र भैरहवामा हुने कार्यक्रममा सहभागिता जनाउने छन् । यो बीचमा उनले केही धार्मिक यात्रा गर्ने र भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने कार्यक्रम तय भएको एमाले नेताहरूकै भनाइ छ ।

विहीबार साँझ उनले बुटवलस्थित लुम्बिनी केबलकार भ्रमण तथा माँ कामाख्यादेवी मन्दिर दर्शन गर्ने र साँझ ८ देखि ९ बजेसम्म भैरहवास्थित भिलासामा भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।

एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पूर्वराष्ट्रपति भण्डारीसहित आफू लुम्बिनीमा रहेको  बताइन् ।

‘पूर्वराष्ट्रपति भोलि लुम्बिनी विकास कोषभित्र बन्न लागेको विहारको शिलन्यास गर्न आउनुभएको हो, म उहाँसँगै छु’ उनले भनिन् ।

एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका उपमेयर सावित्रा अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई भैरहवामै भेटेर आफू बुटवल फर्केको बताइन् ।

‘उहाँ आउने पूर्वसूचना नै थियो, म भैरहवामै पुगेर भेटेर फर्केको हुँ, ’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको नेतृत्वमा जानेगरी तयारी गरेको र अहिले त्यही अनुसार भेटघाट बढाएको विषय चर्चामा छ । तर, उनलाई भेटेका नेताहरूले यसबारे केही खुलाएका छैनन् ।

अहिले उनको भेटघाटमा सक्रियता देखाएका नेताहरूको अनुहारले पनि त्यसलाई प्रष्टाउँछ । उनलाई भेटेका धेरै नेताहरूले विषयलाई खुलाउन नचाहेपनि केही नेताहरूका अनुसार आन्तरिकरूपमा भण्डारी राजनीतिमा सक्रिय हुन चाहेको प्रष्ट बुझ्न सकिन्छ । उनीसँग पहिलेदेखि नै निकटस्थ नेताहरूले यो भेटलाई बलियो बनाउनेगरी योजना बनाएका छन् ।

पूर्वराष्ट्रपतिले तीन दिनसम्म एमालेका लुम्बिनी प्रदेशका विभिन्न तहका नेता-कार्यकर्ता भेटघाट गर्नेछिन् । दुई कार्यकाल मुलुकको सर्वोच्च निकाय राष्ट्रपति पद सम्हालेकी उनले जिल्ला दौडाहामा निस्किएर आफ्नो पुरानो राजनीतिक विरासत फर्काउन खोजेको भन्ने यो विषयले चर्चा पाउन थालेको छ ।

शुक्रबार उनी लुम्बिनीमा आयोजित एक कार्यक्रममा आधा घण्टा बिताउने छिन् । यसपछि २ बजेदेखि साढे तीन बजेसम्म भेटघाटमा व्यस्त हुनेछिन् । दिउँसो साढे ३ बजे उनी त्रिवेणी धाममा धार्मिक यात्राका लागि निस्किने छन् । त्यहाँबाट फर्किएपछि बेलुका ८ देखि १० बजेसम्म भेटघाटमा व्यस्त हुनेछन् ।

१६ गते शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरुबीचको अन्तरसंवाद कार्यक्रममा सहभागी हुनेछन् ।

चैत १७ गते उनी काठमाडौं फर्किने कार्यक्रम छ । भण्डारी भैरहवा आउँदा उनलाई एयरपोर्टदेखि भैरहवास्थित होटल सिद्धार्थ भिलासासम्म ल्याउन एमाले नेता-कार्यकर्ताहरुको ठूलो पंक्ति पुगेको थियो ।

उनलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, जिल्ला अध्यक्ष यज्ञ गैरेसहितका नेताहरू पुगेका थिए । प्रतिनिधिसभा सदस्य रहेका वासुदेव घिमिरे भण्डारीसँगै काठमाडौंबाट आएका हुन् ।

पूर्वमन्त्री एवं एमाले सचिव पद्या अर्याल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ भण्डारीसँगै छन् । यस्तै, बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगर उपप्रमुख उमा अधिकारी, एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनेरास्ववियु, युवा संघ, पार्टीका गाउँ-नगर कमिटी अध्यक्ष तथा पदाधिकारी, अनेमसंघका नेतृहरूले भेटघाट गरिसकेका छन् ।

विश्लेषक तथा एमालेका युवा नेता दलबहादुर गुरुङ एमालेको पदाधिकारी रहेर राष्ट्रपति बनेको मान्छेले राजनीतिक भेटघाट गर्नु विषय सामान्य रहेको बताउँछन् ।

‘उहाँ राजनीतिक क्षेत्रबाटै सर्वोच्च पदमा जानुभएको हो, अहिले त्यहाँ हुनुहुन्न तर बाहिर बसेर राजनीतिको चिन्ता गर्ने विषयलाई ठूलो विषय बनाउनुपर्छ भन्ने मलाई लाग्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%