© २०२३
नेपालगञ्ज, १० चैत ।
बाँकेको बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपरान्ह साढे ३ बजेतिर भे१ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएपछि स्होथानीयको आक्रोशकाकारण बेतहनी चोक तनाव ग्रस्त बनेको हो ।
स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल।के।जी।मा अध्ययनरत थिए । स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँँदै गर्दा पछि ट्यांकरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार दुबै जना अन्दाजी ९ र १० वर्षका सहोदर दाजु भाई हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भईरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका छन । अहिले स्थानीयले चौकीमा समेत आगजनी गरिदिएका छन । प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन । अहिले ठुलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी दिपक पातलीले ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताए । अहिले स्थिति तनावग्रस्त छ, आउट अफ कन्ट्रोलको स्थिति छ, -उनले भने । घटनास्थलमा प्रहरीले दर्जनौ सेल अश्रुग्याँस र हवाई फायर गरेको छ। स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।