ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

सल्यान, ६ चैत ।

सल्यानका सातवटा क्याम्पस मध्ये अखिल क्रान्तिकारीले तीन र नेवि संघ तथा अनेरास्ववियुले दुई दुई क्याम्पसमा नेतृत्व पाएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको हो भने चार क्याम्पसमा मतदान मार्फत नेतृत्व चयन गरिएको हो ।

चारवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले दुई र अखिल क्रान्तिकारीले दुई क्याम्पसमा आफ्नो पक्षमा नतिजा हात पारेका हुन् । अखिल क्रान्तिकारीले फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण क्याम्पस थारमारेमा जित हात पारेको हो भने अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पस खलंगा र नेविसंघले शिवजन क्याम्पसमा जित हात पारेको हो ।

सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवार अनेरास्ववियुका विशाल पुनको प्यानल विजयी भएको छ । १२० मत ल्याएर पुन निर्वाचत भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सितल कंवरले ३० मत प्राप्त गरेका थिए ।

यस्तै शिवजन क्याम्पसमा अनेरास्ववियू र नेविसंघ सयुंक्त प्यानलबाट नेविसंघका सञ्जय हमाल निर्वाचित भएका छन् । उनले १९४ मत ल्याए । उनको निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रोशन खड्कीले ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

फारुला बहुमुखी क्याम्पसमा अनेरास्ववियू, नेविसंघ, राप्रपा र विल्लव नेतृत्वको विद्यार्थी संगठनको सयुक्त प्यानललाई पराजित गर्दै अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ । अखिल क्रान्तिकारीकी हिमा शर्मा ६५ मत ल्याएर निर्वाचित भइन् भने उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार निशान देवकोटाले ५१ मत ल्याएका छन् । २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको थियो ।

यस्तै जनकल्याण क्याम्पस थारमारेमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका गणेश ओली निर्वाचित भएका छन् । ओलीले १९६ मत ल्याएर निर्वाचित हुनु भएका हुन् । निकटतम प्रतिस्पर्धी सयुक्त गठबन्धनबाट नेविसंघका उम्मेदवार फलेन्द्र पुरीले १७८ मत ल्याएका हुन् । यस्तै अन्य पदमा भने गठबन्धनको संयुक्त प्यानल विजयी भएका छन । सचिवमा अनेरास्ववियुकी बिमला शर्मा १७८ मत र कोषाध्यक्षमा नवीन सुनार नेवि संघबाट १०५ मत ल्याएर विजयी भएका छन ।

अन्य तीन क्याम्पसमा भने निविर्रोध नेतृत्व चयन भइसकेको छ । बनगाड क्याम्पस बनगाडमा अखिल क्रान्तिकारीका जीवन विष्ट, शारदा क्याम्पसमा शंख मुलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निविर्रोध निर्वाचित भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?