ट्रेंडिंग:

>> ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल >> पैसा नदेउ, कानून ल्याउः महामन्त्री थापा >> नमुना संसदमा ‘विकासका मुद्दा’ >> वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै >> कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ >> पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट >> आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ? >> बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना >> जयन्दु बाल सुधार गृहका ४९ जना घाईते वालबन्दी अस्पतालमा भर्ना >> बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते >> कबुलियती वन उपभोक्ता समूहकाे क्षमता अभिवृद्धि तालिम >> विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई अक्सफोर्डमा बिदाई >> मेयर कपमा वडा नं १९ विजयी >> दाङमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु  >> बालगृहमा अधिकांश कर्णालीका बालबालिका >> कालिका मानवज्ञान माविमा ‘कालिका संसद’ >> एनएसएल ट्रफि बुटवल लुम्बिनीको होम टाउनमा >> विश्व उपभोक्ता अधिकार दिवस >> विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन >> तिब्बत र आन्ध्र महासागरमा भूकम्प >> अल खोलूउदमाथि अल नासरको शानदार जित >> राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो ! >> कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ >> गठबन्धन सरकार बनेपछि जनतामा निराशा चिरिँदै गएको छ: उपप्रधानमन्त्री सिंह >> मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली >> ११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ? >> आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति >> खण्डहरमा परिणत हुदै ठाटी >> होली जिल्लास्तरीय लनटेनिस प्रतियोगिता सम्पन्न >> सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित >> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’

विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन

२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

काठमाण्डौ –

आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ ।

संविधानकै धारा ५१ मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार, सुरक्षित हुने अधिकार, गलत व्यापारिक क्रियाकलापविरुद्ध कारबाही गराउन पाउने अधिकार, हानिविरुद्ध क्षतिपूर्ति पाउने तथा सुनुवाइ हुने अधिकारको प्रत्याभूति गरिएको छ ।

संविधान र कानुनमा स्पष्ट व्यवस्था भए पनि कार्यान्वयनमा समस्या छ । उपभोक्ताहरु अस्पताल, शिक्षण संस्था, सञ्चार, यातायत, विद्युत खानेपानी, बैंक तथा वित्तीय संस्था, खाद्यान्नलगायतमा वस्तु वा सेवा लिने क्रममा ठगिने गरेका छन् ।

बजारमा बिक्रीमा राखिएका हरेक वस्तु वा सेवामा अनिवार्य गुणस्तरको मानक तोकिनुपर्ने, लेबल नभएका वस्तु बजारमा बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था छ ।

पालिकाका उपमेयर वा उपाध्यक्षको अध्यक्षतामा उपभोक्ता हित संरक्षण समितिले स्थानीय बजार व्यवस्थापन गर्ने, बजार अनुगमन गर्ने र उपभोक्ता सचेतना गर्ने गराउने दायित्व तोकिएको छ ।

सातवटै प्रदेश सरकारलाई पनि वस्तु तथा सेवा बजार व्यवस्थापन र उपभोक्ता सशक्तीकरण गर्ने दायित्वसमेत तोकिएको छ ।

यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन अवस्था अनुगमन गरेर यसको कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था गरिएको छ । तर कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाका अनुसार नियामकीय निकायले प्रभावकारी काम गर्न नसक्दा उपभोक्ता अधिकार कार्यान्वयनमा समस्या देखिएको हो । आफ्नो अधिकार प्राप्तिको लागि उपभोक्ता आफैँ सचेत रहन उनको सुझाव छ ।

यसैबीच उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन हुन लागेको छ । उपभोक्ता अदालतको आज उद्घाटन हुने छ भने अदालतले भोलिदेखि आफ्नो काम शुरू गर्ने छ ।

अब उपभोक्ताले आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगीमा नपर्ने दाबी गरेका छन् ।

उपभोक्ता अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने क्रम कम हुँदै जाने र अदालतबाट हुने फैसलाले व्यवसायीहरुमा पनि सुधार हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%