ट्रेंडिंग:

>> विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन >> तिब्बत र आन्ध्र महासागरमा भूकम्प >> अल खोलूउदमाथि अल नासरको शानदार जित >> राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो ! >> कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ >> गठबन्धन सरकार बनेपछि जनतामा निराशा चिरिँदै गएको छ: उपप्रधानमन्त्री सिंह >> मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली >> ११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ? >> आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति >> खण्डहरमा परिणत हुदै ठाटी >> होली जिल्लास्तरीय लनटेनिस प्रतियोगिता सम्पन्न >> सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित >> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’ >> नेपालको राजनीति र स्ववियु निर्वाचन >> फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज >> कुटपिट र चक्कु प्रहारमा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ >> चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै >> तराई तथा मधेसमा आज होली मनाइँदै >> पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ? >> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत

फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

बुटवल, ०१ चैत्र ।
रङ्गहरूको पर्वको रूपमा रहेको फागू पूर्णीमा ‘होली’ नेपालका पहाडी जिल्लाहरूमा धुमधाम सहित मनाइएको छ । लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा सहितका जिल्लाहरूमा मनाइएको हो  भने रूपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके बर्दियामा भने आज मनाईदै छ । होलीको अवसरमा हिमाली र पहाडी जिल्लाहरूमा बिहीबार विहानै देखि दिनभर होलीको चहलपहल रहेको थियो । सद्भावका साथ रङ दलेर होली मनाईएको थियो । बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाईएको हो ।हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई देशका पहाडी भागहरूमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइएको हो । नेपालका सबै जातजातिले मनाउने होली पर्व अघिल्लो दिन पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने अर्को दिन तराईमा मनाइन्छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा साथीभाइ, आफन्तहरूले एकआपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ । बसन्त ऋतुको आगमन सँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । होली कै भोलिपल्ट बाट वसन्त ऋतुको आगमन हुने विश्वास छ ।फागुको मौलिक पन भने पछिल्लो समय हराउँदै गएको छ ।
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुनः मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली)पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उहाँको विश्वास छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए । । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उनले विशेष जोड दिए । पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरेका थिए । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग, र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन् ।

साँस्कृतिक एकता र सद्भावमा जोड
साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । विविधतामा एकताको रूपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरूले विविधतामा एकता सहित र सास्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताए ।उनले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुुरामा जोड दिए । बुटवल उपमहानरपालिकाले लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उनले ‘समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरूको पर्वको रूपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरूको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष अर्जुनमान शंैजूले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । सामाजिक एकताको पर्वको रूपमा रहेको फाुगू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिए । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन काग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रूपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिलोत्तमा व्यापार संघद्वारा होली मिलन
तिलोत्तमा व्यापार संघ, तिलोत्तमा, रूपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम बिहीबार मणिग्राममा सम्पन्न भएको छ । त्यस अवसरमा संघले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरिएको छ ।कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्वर अफ कमर्शका कार्यवाहक अध्यक्ष जेपी कंडेलले हाम्रा पर्वहरूले संस्कार र अनुशासन समेत सिकाउने भएकाले आफ्नै महत्व रहेको बताए । उनले सामाजिक सदभावको पर्व होलीले व्यवसायिक एकताको वातावरण नर्माण गर्न सकोस् भन्ने शुभकामना दिंदै संस्थागत विकासमा सबै व्यवसायीहरू हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले फागु पर्व (होली) को ऐतिहासिकताबारे चर्चा गर्दै संघले मेलमिलाप र आत्मीयता बढाउन हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको बताए ।कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष मीनप्रसाद पोखरेल, संघका सल्लाहकार इ. दुजेन्द्र बस्नेत, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) लगायतले उद्योगी ब्यापारीहरूका धेरै समस्या हुँदा हुँदै पनि अगाडि बढ्नुपर्ने बाध्यता रहेकोले आशावादी भएर अगाडि बढ्न आग्रह गरेका थिए । उनीहरूले आआफ्नो तर्फबाट फागुपूर्णिमा होलीको शुभकामना दिएका थिए । कार्यक्रमको संयोजन तारा सुनाररे गरेकी थिइन् ।

संघसंस्थाको होली मिलन कार्यक्रम
रूपन्देहीका विभिन्न व्यवसायिक संघसंस्थाहरूले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ । धार्मिक र सास्कृतिक महत्व बोकेको होली पर्वको अवसरमा बिहीबार बुटवल उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देही, राष्ट्रिय अग्रहरी समाज नेपालले बुटवलमा शुभकामना आदानप्रदान गरि मनाएको हो ।
सिद्धबाबा पार्टी प्यालेसमा आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीको होली मिलन कार्यक्रमको सागर डिष्ट्रिलरी लिमिटेडका रिजनल म्यानेजर किशोर पुरीले उद्घाटन गर्दै मदिरा व्यवसायी र पर्यटन ब्यवसायीहरू बिचको सहकार्यबारे प्रकाश पारे । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गरि गुणस्तरिय मदिरा उत्पादन गर्दै आएको भन्दै एकअर्काबिच व्यवसायिक सहकार्य गर्न सके ब्यवसाय प्रवद्र्धन हुने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपालले पौराणिक र स्वास्थ्यसंग समेत जोडिएको असत्यमाथि सत्यको जितको पर्वका रूपमा मनाउने गरिएको बताए । मानव जिवनको सार्थकता समाजलाई केही दिनसकेमात्र सफल हुने बताए । पुर्खाहरूले धेरै छोडेर गएको भन्दै अब हाम्रो पुस्ताबाट योगदान जरुरी छ । पर्यटन, कृषि र जलश्रोतबाट मात्र आर्थिक समृद्धि हुने सरकारको घोषणाको कारण पनि अब यसलाई मुलमुद्घा बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार समुन्द्र जिसिले व्यावसायिक एकतालाई मुलमन्त्र बनाएर अघि बढ्न सुझाव दिदै नेपालीहरूको पर्वहरूको समेत संदेश रहेको उनले बताए ।कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संस्थाका वार्षिक कार्ययोजना अनुसार संस्कृति संरक्षण अभियान अन्तरगत होलीको शुभकामना मनाएको बताए । पछिल्लो केहि वर्षमा विश्व नै आर्थिक कठिनाईबाट ग्रुजेको बेला पर्यटन ब्यवसाय अछुतो नरहेको भन्दै संस्थाबाट विभिन्न समयमा संघबाट भएको कामहरूबारे जानकारी दिए । घरबहालको समस्या, होर्डिङ बोर्डको विषय लगायतको बेला अगुवाई गरेको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले संस्थाको हक अधिकारसंगै व्यवसायिक एकता दर्शाउने यो पर्व होलीको महत्व रहेको बताए । कार्यक्रममा संघका सल्लाहकार विष्णु पोखरेलले पौराणिक कथाको आधारमा महत्व बोकेको होली पर्वको महत्व आज पनि उत्तिकै रहेको बताए ।कार्यक्रममा संघका महासचिव अर्जुन थापा, कार्यक्रम संयोजक दामोदर पौडेलले होटल व्यवसायहरूको बिचमा सदभाव र एकता दिने गरि वर्षभरि नै विविध रचनात्मक कार्यक्रमलाई मनाउने परम्परा आफुहरूले कायम गरेको बताए ।राष्ट्रिय अग्रहरी समाज नेपालले पनि होली मिलन तथा रंगारंग कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै विभिन्न जातजातीहरूमा सदभाव र एकताको पर्वका रूपमा होली रहेको बताए । कार्यक्रममा समाजका अध्यक्ष डा योगेन्द्र अग्रहरीले परम्परागत चाडपर्वहरूको संरक्षण र जर्गेना गर्ने उदेश्यका साथ सास्कृतिक, धार्मिक महत्व बोकेको होली मिलन कार्यक्रम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?