© 2026
बुटवल, २८ कात्तिक ।
विश्व मधुमेह दिवस रुपन्देहीमा विविध कार्यक्रम गरी मनाईएको छ । मधुमेह रोगको बारे सचेतना जगाउने उद्येश्यका साथ श्री नेवा सेवा समिति, एसियन डाईग्लोष्टिक ल्याब्रोटरी प्रालि, लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ शंकरनगर बाटिका, बुटवल युनाईटेड साईक्लिङ क्लब, द वन डेकोर, दीप किरण कलर हाउस, उमानन्द मार्ट, कस्तुरी फ्रिज घर, होटल पौवाको सहयोगमा केन डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयोजनमा सोमबार साईक्लोथन तथा वाकाथन गरिएको हो ।
बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथन शुरुभएर बुटवल हाटबजार, जलबिनायक मन्दिर, दुर्गा मन्दिर, गोलपार्क, ट्राफिक चोक, हिलपार्क, राजमार्ग चौराहा, मणिग्राम हुदै सीता राईस मिलस्थित क्यान सेन्टरमा पुगेर समापन गरिएको बुटवल युनाईटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । साइक्लिङमार्फत स्वस्थ्य बन्ने समाजमा सचेतना गरि कार्यक्रम गरिएको उनले बताए ।
यसैगरि वाकाथनमा सहभागीहरु विभिन्न सचेतनामुलक प्लेटकार्ड सहित केन सेन्टर शुरु गरि ड्राईभर टोल चोक पुगेर पुनः केन सेन्टरमा आई समापन गरिएको केनका अध्यक्ष दिनेश कक्षपतिले बताए ।
यसैबीच कार्यक्रम समापनमा अग्रज पत्रकार एवं इतिहासकार मदनलाल पौडेलले मधुमेह रोग लागेपछिको आफनो ३० वर्षिय अनुभव सुनाउदै यसलाई नियन्त्रण गर्न खानपान र जिवनशैलीमा सुधार गनुपर्नेमा जोड दिए । सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिएको हो । मधुमेह रोग लाग्न नदिन नियमित ब्यायम र आहार बिहारमा ध्यान दिने र लागि हालेमा समयमा पहिचान गरेर उपचार गनुपर्ने केनका अध्यक्ष कक्षपतिको सुझाव छ ।