ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस

बुटवलले अब महानगरको तयारी गर्नुपर्छः उपप्रधानमन्त्री

४ फाल्गुन २०८१, आइतबार
४ फाल्गुन २०८१, आइतबार

बुटवल, ३ फागुन ।
उपप्रधानमन्त्री तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार कुर्चिमा जान र बस्नको लागि मात्रै नबनेको बताएका छन् । उनले जनताको पक्षमा काम गर्नको लागि गठनबन्धन गरिएको बताउँदै जनताको पक्षमा तीन तहको सरकार संगको सहकार्यमा जनताको पक्षमा काम गर्न गठबन्धन गरिएको दाबी गरे ।

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित विशेष सामारोहलाई सम्बोधन गर्दै उप प्रधान तथा सहरी विकास मन्त्री सिंहले जनताको लागि बुटवल उपमहानगरपालिकाले जनताले चाहेको जस्तो विकास गर्दै आएको बताए । उपप्रधानमन्त्री सिंहले आफ्नो पालामा नगरपालिका रहेको बुटवललाई उपमहानगरपालिका घोषणा गरिएको बताए । उनले अब संरचना र मापदण्डअनुसार तयार भएमा यसलाई महानगरपालिका बन्नको लागि तयार रहेकोमा सहयोग गर्ने बताए । उनले भने–‘बुटवल भौगोलिक दृष्टिकोणबाट, जनताको सक्रियताको कारण पनि विकासको संभावना रहेको छ ।’

बुटवललाई धार्मिक पर्यटनको रूपमा स्थपित गर्नको लागि सबैजना लाग्नुपर्ने र संघिय सरकारले समेत यसमा सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । विकास निर्माणको लागि राजनीतिक स्थायित्व आवश्यकता रहेको बताएका थिए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोईराला ले बुटवलको भौगोलिक संरचनालाई सहकार्य गर्न जरुरी रहेको बताए । डिजिटल प्रशासन र सुशासनमा जोड दिनुपर्ने बताएका थिए ।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सिंहदरबारको अधिकार गाउँगाउँ मा भएपनि जनता छायामा रहेको बताएका थिए । उनले रोजगार उद्यमशिलता विकासका लागि स्थानीय तहले ख्याल गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले उद्यमशिलता विकास सहित जनतालाई वन, उद्यमशिलता प्रवद्र्धन मा जोड दिनुपर्ने बताए थिए । जनतालाई अधिकार दिएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । जनताको जिवनउपयोगी काममा जोड दिनुपर्ने बताएका थिए ।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलेले स्थानीय सरकारले ५ वटा विषयगत समितिमा टेकेर काम गरेको छ, सामाजिक, शिक्षा स्वास्थमा बुटवलले विशेष प्रथमिककता दिएको बताए । उनले पालिकाले वन, वातावरण, विपतको क्षेत्रमा बुटवलले राम्रो काम गरेको बताए । बुटवल उपमहानगर पालिकाको सिर तिनाउ गाउँपालिका रहेको भन्दै पालिकाका बिचमा संमन्वय जरुरी रहेको बताए । स्थानीय सरकारलाई संघिय सरकारले बजेट कटौती गरेर उपभोक्ता र स्थानीय सरकारलाई जटिलता श्रृजना गरको बताए ।
पूर्व नगरप्रमुख शिवराज सुवेदी सभ्य बुटवल बनाउनको गर्वगर्न लायक विविध संस्कृति बुटवलमा पाईएको बताउँदै बुटवल जितगढि किल्लाले विश्वलाई सन्देश दिएको बताए ।

रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बुटवल उत्कृष्ट नगरको रूपमा सक्षम नगरपालिकाको रूपमा स्थापित हुन सफल हुने शुभकामना दिए ।

पूर्व उपप्रमुख रामेश्वर प्रसाद श्रेष्ठ बुटवल चलायमान बनाउनको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रीय र प्रदर्शनी केन्द्रबुटवल स्थानीय सरकारलाई दिनुपर्ने माग समेत गरे ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यसायिक रूपमा आशालाग्दो बुटवल हो तर उद्यम स्थलको रपमा रहेपनि पर्यटकिय विश्राम स्थलको रुपमा समेत विकास गर्नु पर्नेमा जोड दिए । कर अशुल भन्दा पनि दायर बढाउन जरुरी रहेको भन्दै अध्यक्ष अर्यालले बिज्ञापन कर, बोड कर पेचिलो बन्दै गएको गएको बताए । नेपाल पत्रकार महासंघ रूपन्देही का अध्यक्ष दिनेश पाण्डेले पत्रकार र स्थानीय सरकारका बिचमा सहकार्य जरुरी रहेको बताए ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले सबैको सहयोग र सद्भाव बाट बुटवल उपमहानगरपालिका अगाडि बढिरहेको भन्दै देशभरका मानिसहरूकोलागि बुटवल विश्राम स्थलको रूपमा विकास हुँदै गएको बताएका थिए ।
उप प्रमुख सावित्रादेवी अर्यालले पालिकलो किसान, उद्योगी, व्यवसायीहरूसबैको हितमा राखेर काम गर्दै आएको र गुनासोहरूको समय सापेक्षा सम्बोधन गरिने समेत बताईन् ।कार्यक्रममा पत्रकार, व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख सहित विभिन्न अभियान्ताहरूलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?