© २०२३
बुटवल, २७ माघ । बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको अवसरमा आईतबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा बिपि कोईराला मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०८१ मा राजनितिक दलको टिमलाई ५–० गोल अन्तरले जनप्रतिनिधि टिमले पराजित गरेको हो ।
सिद्धेश्वर लालकुमारी खेलमैदानमा भएको निक्कै रोमान्चक प्रतिस्प्रर्धात्मक खेलमा पेनाल्टी शुटमार्फत जनप्रतिनिधिका खेलराज पाण्डेयले जाली चुमाउदै टिमको खाता खोले । डिबक्सभित्र राजनीतिक दलको खेलाडीले गरेको ह्याण्डमा पाएको पेनाल्टीलाई पाण्डेयले गोल गरे । यसपछि खेलमा जनप्रतिनिधि हाबी रहयो ।
दोस्रो हाफमा खेलमा फर्किन लागेको भएपनि राजनीतिक दलबाट एउटै गोल हुन सकेन । जनप्रतिनिधिको टिमका श्याम थापा, सन्दिप खनाल, गौतम लाल शाक्य र पाचौ गोल शिव रानाले गरे । योसंग जनप्रतिनिधिको टिम विजयी भएको छ ।
कार्यक्रमको रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई आत्मसात गर्न प्रोत्साहन हुने गरि स्थापना दिवसमा फुटबल खेल खेलाईएको बताए । कम्तीमा हरेक ब्यक्ति एउटा खेलमा आवद्ध हुन सके मानसिक र शारीरिक रुपमा स्वास्थ्य रहन सकिने उनले बताए ।