© २०२३
दाङ –
रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिए ।
घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
हिजो बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, ज्यान गुमाउने सीता र उहाँका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका भएको खुलेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी