© २०२३
काठमाडौँ ।
सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र मुख्य सचेतकहरुको बैठक बोलाएका छन्।
अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे सभामुखले बैठक बोलाएका हुन्। बैठक दिउँसो तीनबजे सिंहदरबारमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।
सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन्। बिहीबार संसद् बैठक बस्दैछ। त्यसअघि सभामुखले प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।
सरकारले ल्याएको ६ वटा अध्यादेशविरुद्ध विपक्षी दलले अहिलेसम्मकै धेरै अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
सरकारले सदनलाई बन्धक बनाएर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले सरकारले ल्याएको ६ वटै अध्यादेश अस्वीकार गर्नुपर्ने मागसहित प्रतिनिधिसभा र राष्ट्रियसभामा ६६ वटा प्रस्ताव दर्ता गराएका छन्।