ट्रेंडिंग:

>> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’ >> नेपालको राजनीति र स्ववियु निर्वाचन >> फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज >> कुटपिट र चक्कु प्रहारमा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ >> चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै >> तराई तथा मधेसमा आज होली मनाइँदै >> पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ? >> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत >> विश्व मिर्गौला दिवस: मिर्गौला सम्बन्धी चेतना वृद्धि गर्न विश्वभर मनाइँदै >> त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्ष पदका लागि १७ उम्मेदवारको दर्ता >> सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन >> धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित >> चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक >> हात्तीको आक्रमणले मृत्यु, बाटो अवरुद्ध  >> तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन >> बञ्जी जम्प र स्विङ गर्दाको रमाइलो पल….. >> कुटपिटबाट एकको मृत्यु एक घाइते >> सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो >> देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित >> पाकिस्तानको बलुचिस्तानमा बन्धक बनाइएका रेल यात्रुहरूको उद्धार >> अमेरिकी डलरको भाउ सामान्य घट्याे

चितवनमा रविलाई ठगीको मात्रै अभियोग, संगठित अपराधमा १२ प्रतिवादी

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

काठमाडौँ ।

चितवनको सहारा सहकारीमा १२ जनालाई मात्रै ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २० जनालाई भने ठगीमा मात्रै प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।

‘दोहोरो संलग्नता देखिएकाको हकमा संगठित अपराधको कसुर पनि लगाइएको छ। एक ठाउँमा मात्रै संलग्नता देखिएकाको हकमा ठगीमा मात्रै मुद्दा चलाइएको छ’, लुइँटेलले भने, ‘रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कमा मात्रै संलग्नता देखिएको छ। त्यही भएर ठगीमा मात्रै प्रतिवादी बनाइएको हो।’

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ।

यो रकम शेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यी मध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देबेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

तर बिरबहादुर रानाभाट, छत्रमणी भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, रवि लामिछाने, राम बहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मी प्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ।

यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो। यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%