ट्रेंडिंग:

>> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक >> केजरीवालको पराजयले नेपालमा झड्का >> हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल >> नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’ >> खडेरीको चिन्ता बढ्दो >> इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार >> पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ? >> पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ? >> माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी >> दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ >> रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या >> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी
लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१

आयोजक लखन (सेतो) को विजयी शुरुवात

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

बुटवल, २२ माघ । फुटबल खेलको उर्वरभुमिका रुपमा परिचित रुपन्देहीमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु भएको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले चादनी युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र प्रेम थापाले २–२ तथा समुन्द्र ज्ञवालीले थप एक गोल गरे । आयोजक टिमका मिलन आलेले खेलको २९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । यसैगरि प्रेम थापाले ३२ औ र ३७ औ मिनेटमा लगातार गोल थपे । दोस्रो हाफमा खेलको ४४ औ मिनेटमा मिलन आले र ७२ औ मिनेटमा समुन्द्र ज्ञवालीले गोल गर्दै अन्तरलाई बढायो । चादनीका विकास थापाले खेलको ६६ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा आयोजक टिमका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबारको खेल सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवलका बिच हुने संयोजक राम बहादुर थापाले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्दै स्थानिय सरकारका खेल पूर्वाधारमा लगानी गरिरहेको बताए । विश्वमा नेपाललाई पहिचान दिलाउन सकिने खेल क्षेत्रमा लगानीको वातारण बन्दै गएको भन्दै यसमा बुटवल पछि नरहेको दाबी गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलको उर्वरभुमि बुटवलमा खेलकुद विकासका धेरै योजनाहरु तयार गरिरहेको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सुदिप खत्रीले खेल पूर्वाधारलाई संरक्षणमा स्थानिय पालिकाबाट पहल जरुरी रहेको भन्दै मैदान मर्मत र संरक्षणमा स्थानिय क्लबलाई नै जिम्मेवार बनाउदा प्रभावकारी हुने बताए । छोटोसमयमा क्लबका सदस्यहरुको श्रमदानबाट मैदानलाई तयार गरेको स्मरण गर्दै उनले सामाजिक क्षेत्रमा श्रमदान गरेर चर्चामा आएको क्लब खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए । फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा फुटबलका प्रेमी र पूर्व खेलाडीहरुबाट स्थापना भएको आफनो क्लबबाट नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १,५१,५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका सचिव निरन्जन पन्तले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन भने १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?