© २०२३
काठमाडौं, २२ माघ ।
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हालै सम्पन्न टसमा थाइल्याण्डकी कप्तान नरौमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिइन्। नेपालले प्रतियोगितामा खेलेका तीन वटै खेलमा पराजित भएको छ। पहिलो र तेस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।
यसको विपरीत, थाइल्याण्डले तीन वटै खेलमा अपराजित रहि नेदरल्याण्ड्सलाई पहिलो र तेस्रो खेलमा हराएको थियो भने दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो। आजको खेलका लागि नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी रहेका छन्।