ट्रेंडिंग:

>> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक >> केजरीवालको पराजयले नेपालमा झड्का >> हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल >> नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’ >> खडेरीको चिन्ता बढ्दो >> इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार >> पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ? >> पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ? >> माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी >> दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ >> रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या >> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड

प्रदेशस्तरिय सितोरियो करातेको दीक्षान्त

खेल क्षेत्रको विकासका लागि खेलाडीबाट नेतृत्व जरुरी
२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

बुटवल, २१ माघ । खेल क्षेत्रलाई विकासको गति दिन खेलक्षेत्रबाट नेतृत्व जरुरी रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । रुपन्देहीमा शुरु भएको ३ दिवसीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोहमा बोल्ने बक्ताहरुले खेलाडीहरुबाट नै खेल संस्थाको नेतृत्व लिनुपर्ने बताए ।

नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा सोमवार बुटवलमा आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामाले खेल संस्थामा गैर ब्यक्तिको नेतृत्वको कारण पछि परेको दाबी गरेका छन । ‘राष्ट्रको विकास र खेल गतिविधि बढाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको हुदा उनीहरुबाट नै खेल संस्थाहरुको नेतृत्व हुनुपर्छ ।’– उनले भने । नेपालको खेलकुद क्षेत्रलाई राजनीतिक नेतृत्वबाट विकृत र क्रिडास्थल बनाएको आरोप लगाउदै उनले त्यसलाई तोडेर अगाडी बढ्नु आजको आवश्यकता भएको जिकिर गरे । नेपालको खेलकुदको क्षेत्रमा मार्शल आटमध्ये पनि कराते खेलको विशिष्ट योगदान स्थान रहेको र अन्तराष्ट्रिय स्तरमा पदक दिलाउने विधाको रुपमा परिचित भएको बताए । करातेका नाममा मेनपावर कम्पनी चलाउने र संघसंस्थाको खेती गर्ने एक समुहको धन्दा रोकिएको दाबी गर्दै उनले पछिल्ला दिनमा यसैकारण कराते महासंघको विरोधमा लागेको आरोप लगाए । खेलकुद परिषद र विश्व कराते महासंघको अधिन र विधिमा कराते महासंघ अगाडी बढ्ने समेत उनले स्पष्ट पारे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदीले खेलकुदको विकासका लागि आफ्नो नेतृत्वमा धेरै राम्रा कामहरु भएको बताउदै खेलकुद क्षेत्रलाई गलत राजनीतिक हस्तक्षेपबा विगार्ने काम गरेको हुदा त्यसका विरुद्ध लाग्न खेलाडीहरुलाई आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव जयप्रकाश भट्टराईले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादकै कारण नेपालको खेलकुद क्षेत्र बदनाम भैरहेको उल्लेख गर्दै संस्थागत रुपमा नचलेका संघ र नेतृत्वलाई वर्तमान ओलम्पिक कमिटीको नेतृत्वबाट काखी च्यापे गलत काम भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिब २ सय ५० कराते खेलाडीको सहभागिता रहेको छ । दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा प्रदेशका ६ जिल्लाहरु रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीका खेलाडीलाई बुटवलको कार्यक्रममा समावेश गरिएको र दोस्रो चरणमा जिल्लाका खेलाडीहरुलाई समावेश गरि कार्यक्रम गर्ने तयारी रहेको संघका प्रदेश अध्यक्ष सन्तोष सिंहले बताए । सो अवसरमा सहभागी खेलाडीहरु मध्ये १ सय ५० जनालाई फष्ट र सेकेण्ड डन तथा बाकीलाई थर्ड डनमा अपग्रेडिङ गरिएको संघले जनाएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, कार्यक्रम नेपाल सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्क, प्रदेश सचिव नारायण थापाले खेल क्षेत्रमा देखिएको विकृति हटाउन सबै एकजुट हुुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?