ट्रेंडिंग:

>> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने

सद्धार्थनगरका कर्मचारीलाई मैत्रीपूर्ण क्रिकेटको उपाधि

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

भैरहवा, २१ माघ।
मैत्रीपूर्ण क्रिकेटको उपाधि सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरूको टिमले हात पारेको छ । सिद्धार्थनगर नगरपालिकाले ५७औं स्थापना दिवसको अवसर पारेर आइतबार भैरहवास्थित पक्लिहवा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कर्मचारीको टिमले उपाधि हात पारेको हो ।फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा विना क्षति लक्ष्य पूरा गर्दै उपाधि चुम्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित भए ।

यसअघि जनप्रतिनिधि र कर्मचारीको टिमले लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै सेमिफाइनल र फाइनल पुगेका थिए । पहिला ब्याटिङ गरेको प्रेस क्लबले १० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको थियो । कर्मचारीको टिमले विना क्षति ५ ओभर १ बलमा लक्ष्य पूरा गरी १० विकेटले जित निकालेको थियो । त्यसअघि जनप्रतिनिधिको टिमले प्रेस क्लबको टिमलाई २६ रनले पराजित गरेको थियो ।नगरपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउँदै छ ।बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको नगरपालिकाले विशेष समारोहसाथ दिवस मनाउने तयारी गरिरहेको छ । त्यसै क्रममा विभिन्न प्रतियोगिता भइरहेका छन् ।
वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो ।

स्थापना दिनको प्रमाणस्वरूप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । दिवसका अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरूको सहभागितामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने छ । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने जनाएको छ ।
कार्यक्रम माघ २२ गते मंगलबार बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्मा भइ बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगेर शुभकामना आदानप्रदानमा परिणत हुने स्थापना दिवस मूल समारोह संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । स्थापनाको अवसरमा माघ २१ र २२ गते साँझ दीप प्रज्जवलन गर्ने र नगरबासीलाई समेत दीप प्रज्जवलन गर्न नगरपालिकाले आग्रह गरेको नगर उप्रमुख उमा अधिकारीले बताइन् ।

स्थापना दिवसको कार्यक्रमलाई भव्य र सभ्य रूपमा मनाउन तयारी तीव्र पारिएको नगर प्रवक्ता समेत रहेका सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव ले बताए । स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ भने महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता राखिएको खेलसंयोजक तथा वडा नम्बर ६ का अध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए । आफ्नो स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सिद्धार्थनगर नगरपालिकाले स्थानीय बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?