ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन  

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार
 काठमाडौं, ११ माघ ।
“समानताको आवाज कदम – कदममा, बिबिधताको शक्ति हाम्रो अभियान” भन्ने नाराका साथ दोस्रो बार्षिक सेट वाकथन (पद्यात्रा) हुने भएको छ ।
सेण्ट जेभियर्स कलेज माइतीघरको कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुको क्लब सेट काउन्सिलले सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंसँगको सहकार्यमा फेब्रुअरी १ (माघ १८) गते विशेष वाकथन (पद्यात्रा) आयोजना गर्ने भएको हो ।
सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौं (अपागंता भएका ब्यक्ति) हरुको संस्था हो । यसले अपांगता भएका व्यक्तिहरूको स्वतन्त्रता र समावेशीकरणको वकालत गर्दै आएको छ । यस संस्थासँंगको सहकार्य अन्तर्गत वाकथनमा ह्विील चियर र्यालीको आयोजना गरिनेछ । यस र्यालीले भौतिक र मानसिक बाधाहरू तोड्दै समावेशी समाजको महत्वलाई उजागर गर्ने सेट काउन्सिलका बजार प्रमुख सम्बुद्ध पौेड्यालले जानकारी दिए । उनले भने , “अपागंता भएका ब्यक्तिको हक,अधिकार समानता र समाजमा उनीहरुको समाबेशीकरण सुनिश्चित गर्नका लागि बिशेष बाकथन आयोजना गरिएको हो । ” अपागंता भएका ब्यक्तिहरुको लागि आवश्यक सहयोग पुर्याउने लक्ष्य राखिएतापनि  वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने पौड्यालले जानकारी दिए ।
माईतीघर स्थित सेण्ट जेभियर्स कलेज परिसरबाट सुरु हुने वाकथन पाटन दरबार स्क्वायरसम्म पुग्नेछ । वाकथनमा सहभागीहरूका लागि थप रोचक गतिविधिहरूको व्यवस्था गरिएको छ । जसमा फ्ल्यास मोब, फोहोर सङ्कलन अभियान र पुनःप्रयोग सम्बन्धी कार्यशाला जस्ता गतिविधिहरूले कार्यक्रमलाई रमाइलो मात्र होइन, वातावरणीय सचेतना र सामाजिक जिम्मेवारीको भावना समेत फैलाउनेछ । वाकथन केवल हिँडाइ मात्र नभई समावेशीता र नैतिकताको प्रवद्र्धन गर्दै भविष्यलाई उज्यालो बनाउने एउटा प्रेरणादायी कदम पनि हो । साथै ,सांस्कृतिक जागरूकता र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने यो पहलले समाजका विभिन्न क्षेत्रबाट सकारात्मक समर्थन पाउने अपेक्षा गरिएको छ । वाकथनले समाजमा नैतिकता र एकताको भावना बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने पनि पौड्यालले जानकारी दिए ।
पदयात्रा मार्फत विद्यार्थीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफ्ना प्रयासलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेका छन्।
अघिल्लो बर्ष आयोजना गरिएको पहिलो सेट वाकथनमा करिब एघार सय भन्दा बढीको सहभागीता रहेको थिया े। कार्यक्रमबाट संकलित रकम “हामी नेपाल” नामक सँस्था  मार्फत मुगु जिल्लाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सामाग्री बितरण गरिएको पौडेलले जानकारी दिए ।
१९९५ मा स्थापना भएको सेट काउन्सिल विद्यार्थीहरूको नेतृत्वमा चल्ने सक्रिय संस्था हो । यसले हरेक वर्ष सेट वाकथन र सेट प्रर्दर्शनी जस्ता कार्यक्रम गर्नुका साथै सामुदायिक विकासका लागि काम गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि सामाजिक कल्याणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै ,कोष संकलन गर्ने लक्ष्य सहित आयोजना हुने यो कार्यक्रमबाट संकलित केही रकम सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंलाई हस्तान्तरण गरिने र बाकी रकम सामुदायिक विकासका लागि खर्च गरिने आयोजकले बताएका छन्।
सहभागीका लागि खुला निमन्त्रणा
वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएका छन् । सहभागीता शुल्क तीन सय रुपैयाँ निर्धारण गरिएको छ । सहभागीबाट संकलित सम्पूर्ण रकम सामाजिक सेवाका लागि प्रयोग गरिनेछ। सहभागीहरूले प्रमाणपत्र, विशेष मेडल, सेट वाकथनकोे लोगो भएको टिसर्ट र खानाको समेतको ब्यवस्थापन आयोजकले गरेको जानकारी पौड्यालले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?