ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

जितपुर, १० माघ ।
कपिलवस्तु जेसिजको आगामी नेतृत्व छनोटका लागि चुनावी माहोल तात्तिँदै गएको छ । वर्ष २०२५ का लागि अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारहरूको मनोनयन दर्तासँगै जेसिजको चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको हो । यस वर्ष नेतृत्व चयनले मात्र नभई संगठनको भविष्य र राजनीतिक सन्तुलनलाई समेत प्रभावित पार्ने अनुमान गरिएको छ ।
अध्यक्ष पदका लागि यो पटक चार उम्मेदवारले दाबी प्रस्तुत गरेका छन् । जनक प्रसाद बेल्वासे, झबिन्द्र खनाल, शुनिल पाण्डे र मदन पौडेलबीचको प्रतिस्पर्धाले कपिलवस्तु जेसिजको नेतृत्व चयनलाई थप रोचक बनाएको छ । यी सबै उम्मेदवारहरू आ–आफ्ना योग्यतासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । अध्यक्ष पदका लागि हुने यो प्रतिस्पर्धाले संस्थाको रणनीतिक योजना र उद्देश्यमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ ।

कार्यकारीणी उपाध्यक्ष पदका लागि पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएको छ । रितु खरेल, खिमानन्द घिमिरे, किरण घिमिरे, राजन अर्याल, र कमल घिमिरेले यस पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । यस पदमा दुईजनामात्र चयन गरिने भएकाले प्रतिस्पर्धा झन् कडा बन्ने देखिएको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजनाहरू सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्कमा जुटेका छन् । उपाध्यक्ष पदका लागि गरिमा घिमिरे, निलकमल थारु, शंशाक पौडेल, शुनिल घिमिरे, र दिनेश भण्डारी चुनावी मैदानमा छन् । यस पदमा चार उम्मेदवार चयन हुने भए पनि अन्तिम नतिजा कसको पक्षमा जान्छ भन्ने विषयले सबैमा उत्सुकता थपेको छ । उम्मेदवारहरूले आफ्नो अनुभव र योगदानलाई अगाडि राख्दै समर्थन जुटाउन प्रयास गरिरहेका छन् ।

उम्मेदवार र समर्थकहरूबीच चुनावी तयारी तीव्र भए पनि निर्वाचनको मिति अझै निर्धारण हुन नसक्दा केही असन्तोष देखिएको छ । यसले चुनावी गतिविधिमा सक्रिय रहेका सदस्यहरूको धैर्यतामा असर गरेको छ । कपिलवस्तु जेसिजको यो निर्वाचनले संगठनभित्रको राजनीतिक सन्तुलनलाई पुनः परिभाषित गर्ने विश्वास गरिएको छ । नयाँ नेतृत्वले संस्था विकासका लागि ठोस कदम चाल्ने र स्थानीयस्तरमा जेसिजलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
अबको कसको पक्षमा रहनेछ भन्ने प्रश्नले सबैको ध्यान तानेको छ । आगामी केही दिनभित्र नै निर्वाचन मिति तय हुने र कपिलवस्तु जेसिजले नयाँ नेतृत्व पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?