© २०२३
रूपन्देही, ९ माघ ।
रास्वपाका सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । कार्यालय समयमै उपस्थित भएका लामिछानेको आज थुन छेक बहस हुने भएको छ ।
रूपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीस प्रल्हाद कुमार योगीको इजलासमा मुद्दा परेको छ ।
रूपन्देही जिल्ला न्यायधिवक्ता प्रेम पौडेल, सह–न्यायधिवक्ता गोकर्ण घिमिरे लगायतले बहस गर्ने र रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र बरिस्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने जिल्ला अदालत रूपन्देहीले जनाएको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।