© २०२३
बुटवल, ८ माघ । युवालाई दक्ष बनाउदै रोजगार सृजना गर्दै आएको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमी, कालिकानगरले तालिम पूरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीमा ३ महिने तालिम लिएका प्रशिक्षार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र बितरण गर्दै सीपमुलक तालिम चलाएर युवाहरुलाई क्षमता विकासको महत्वपूर्ण काम गरेको बताईन । महिलाहरु आर्थिक रुपमा सबल बन्नसकेमात्र नेतृत्वमा आउने भन्दै युवाहरुबाट नै उदाहरणीय काम भएको उनले बताईन । सीप सिकेको हतियार प्रमाणपत्र भएको भन्दै उनले सीपलाई ब्यवहारमा लैजान आग्रह गरिन । धेरै मेहनत गरेर एउटा महिला आफू आत्मनिर्भर हुँदै अरुलाई तालिम दिने जस्तो उत्कृष्ट काम गरेको उनले बताईन । सानो लगानीबाट सफल बन्न सकिने ब्यवसायको रुपमा पछिल्लो समय सैलुन भएको उनले बताईन ।
डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीका सिईयो तथा संचालक प्रिति दुलालले तालिममा ८० जना सीप सिक्ने तालिम लिएको बताईन । महिला÷पुरुष कपाल काट्ने, हेयर कलरिङ लगायतका सजावट तथा सौन्दर्य, फेसन डिजाईनका कोर्षहरु सम्बन्धि तालिमहरु दिईएको छ । दुलही श्रृङ्गारका सेवाहरु दिईन्छ । दक्ष युवा बनाउने मुलमन्त्रलाई जोडेर संस्थागत रुपमा लागेको उनले बताईन । कालिकानगरमा रहेको एकेडेमीमा दक्ष प्रशिक्षकहरुबाट विगत दुई वर्षदेखि सैलुन संचालनमा आएको छ ।
कार्यक्रममा प्रशिक्षण लिएर आफ्नै ब्यवसाय चलाउदै आएकी संगिता गुरुङले दुई वर्ष अघि लिएको तालिमबाट धेरै फाईदा मिलेको बताईन । मेकअप आर्टिस्ट हुँदै फेशन फिल्डमा भित्रेको अनुभव सुनाउदै सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न सुझाव दिईन । देशभित्रमात्र नभई विदेशमा समेत राम्रो अवसर रहेको उनले बताईन । ‘तालिम पछि धेरै वैदेशिक रोजगारमा अवसर पाएका छन ।’–उनले भने ।
कार्यक्रममा प्रशिक्षार्थी नवीन पौडेलले लेडिज एण्ड जेन्स हेयर कट सिकेको बताईन । सिक्ने बित्तिकै आम्दानी हुने पाटोको रुपमा रहेको हुदा पनि तालिम निक्कै फलदायी रहेको बताए ।
कार्यक्रममा संचालक दुलालका आमा दिलमाया दुलाल, प्रशिक्षक शिशिरराज, सलिना मगर, निलम श्रेष्ठले तालिमबाट धेरै उपलब्धि मिलेको बताए ।