ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले
नेपाल डेरी एसोसिएसनको केन्द्रीय साधारणसभा

दुग्धजन्य बस्तुको समस्या समाधानको लागि पहल गर्छाैंः मन्त्री पन्थी

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

बुटवल, ०८ पुस ।
नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । डेरी उद्योगमा दर्ता भएका देशभरबाट आएका व्यवसायीहरूको सहभागितामा बुटवलमा केन्द्रीय साधारणसभा गरिएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्ध क्षेत्रमा भएका उद्योगी व्यवसायीहरूको समस्या समाधानको लागि ऐन संसोधन गरेभएपनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

लुम्बिनी प्रदेश बिस्तारै दूध र दुग्धजन्य बस्तुमा आत्भर्निर बन्दै गएको अवस्थामा प्रदेश सरकारले किसान, व्यवसायीहरूको सधै साथमा रहेको भन्दै उनले जस्तोसुकै समस्या समाधानको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका हुन । कार्यक्रममा बोल्दै मन्त्री पन्थीले भने–‘दूध र दुग्ध क्षेत्रमा के कस्ता समस्या छन्, आउनसहोस्, हामी समस्या समाधानको लागि हातेमालो गर्न तयार छौैं ।’

दूध र दुग्जन्य बस्तुको उत्पादन बढ्द जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूको पेयपदार्थ उपभोग गर्ने उपभोक्ताहरूको समेत कामी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामूहिक पहलबाट संभव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र यसमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा पशुसेवा विभागका उप महानिर्देशक डा. लेखराज दाहालले अबको कृषि क्रान्ति यान्त्रीकरण मा हुनुपर्ने धारणा राखेका थिए । उनले दूधमा गुणस्तर कायम गर्न सकीएन भने अन्य देशमा निर्यात गर्न नसकीने भएको कारण दूध उत्पादक किसान, संकलन कर्ता, उद्योगी सबैले अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा रहेर दूधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिएका थिए । नेपालबाट पनि विभिन्न देशमा निर्यात गर्नको लागि विभागले विभिन्न निकायसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताएका थिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले अबको कृषि क्षेत्रको क्रान्तिका लागि यन्त्रीकरणमा जोड दिनुपर्ने बताएका थिए । उनले किसानको समस्या समाधानको लागि बोर्डले निरन्तर लागिपरेको बताउँदै सोही अनुसारको समस्या समाधानको लागि लागिरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दहालले सरकारले लगानी सम्मेलन गरी रातो कार्पेट ओच्छाएर विदेशी लगानीकर्ताहरूलाई स्वदेशमा सहुलियतमा भित्र्याउँदै गर्दा स्वदेशी उद्योगी, स्वदेशी कच्चा पदार्थको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएका व्यवसायीहरूलाई भने हेलाको दृष्टिकोणबाट हेर्नु आफैमा जायज कुरा नभएको बताएका थिए । उनले नेपाली किसानहरूको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सरकारले नीतिगत सुधार सहितका कार्यक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एशोसीयसनका सल्लाहार तथा पुर्व मेयर हिरा बहादुर खत्री, दुग्ध विकास आयोजना लुम्बिनी वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्याल, डेरी उद्योग संघ लुम्बिनीका अध्यक्ष विक्रम रिजाल, नेपाल डेरी एशोसीयसनका पूर्व केन्द्रीय अध्यक्ष सुमित केडीया, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रूपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, घरेलुु तथा साना उद्योग महासंघ लुम्बिनी का बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सम्मानित व्यवसायी लिलाधर शर्मा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा एशोसीयसनले विभिन्न डेरी उद्योग व्यवसायीहरू, प्रदेश समिति सदस्य सहित लाई सम्मान गरेको थियो । यस्तै सञ्चारक्षेत्रबाट दूध र दुग्धजन्य बस्तुको प्रसार मा महत्वपूर्ण योगदान दिएको भन्दै दुई जना पत्रकारलाई नगद सहित सम्मान गरिएको छ । कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका बुटवल टुडे पत्रिकाका उप सम्पादक तथा कृषि पत्र सम्पादक तथा प्रकाशक कृष्ण खनाल र आर्थिक आवाज का सुरेन्द्र पौडेललाई नगद सहित सम्मान गरिएको हो ।
प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए । कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको एसोसिएसनका सहसचिव शिव भुसालले जानकारी दिए । एसोसिएसनको साधारणसभाले महासचिव, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरूको प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित भएको छ । एसोसिएसनको साधारणसभाले ‘नेपाल डेरी एसोसिएसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापनामा पहल गर्ने एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?