ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरूरी छ: प्रचण्ड

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

गोरखा, ७ माघ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने विचार व्यक्त गरे।

गोरखा नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित स्वर्ण जयन्ती उद्घाटन समारोहमा बोल्दै प्रचण्डले शिक्षा क्षेत्रलाई विकासको प्रमुख आधार मान्दै त्यसमा उचित लगानीको आवश्यकता औल्याए।

यसै क्रममा उनले आफ्नो प्रधानमन्त्रीकालमा शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट वृद्धि गरिएको र यसलाई निरन्तरता दिन पार्टीको केन्द्रीय समितिले नयाँ शिक्षा नीति तयार गरेको पनि जानकारी दिए। प्रचण्डले आफूले शिक्षा विधेयक ल्याउन निकै मेहनत गरेको र त्यसलाई छिटो पारित गराउन जोड दिने बताएका छन्।

उनले यो अवसरमा सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आवश्यक संरचना सुदृढ बनाउनुपर्ने धारणा राखे। प्रचण्डले सामुदायिक विद्यालयहरूको प्रगति उत्साहजनक रहेपनि अझै यसलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता जोड दिए।

प्रचण्डले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा गरेका पूर्वाधार निर्माण र गरिब किसानहरूको ऋण मोचन जस्ता कदमहरूको पनि चर्चा गरे। साथै, दोस्रोपटक सरकारको नेतृत्व गर्दा संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको महत्वलाई जोड दिए।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकारको तेस्रो कार्यकालमा भ्रष्टाचार विरुद्धको कडा कदमको महत्व पनि उल्लेख गर्दै भने, “माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम राख्न मात्र होइन, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो।”

अन्त्यमा, प्रचण्डले गोरखाली जनताको योगदानको महत्वलाई स्वीकार गर्दै गोरखाको समग्र विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?