© २०२३
बुटवल, ०७ माघ ।
तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीमा विगत एक महिना देखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दीक्षीत गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकष्ण खांण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गणपती आनन्द बहादुर थापा नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामूहिक रूपमा दीक्षीत गरेका हुन । सोही अवसरमा नगर प्रमख रामकृष्ण खांणले तालिम सकाएर दीक्षीत भएका नगर प्रहरीहरूलाई स्वागत गदै नगरबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताए । उनले राज्यको दाईत्व पहिला गास, बाँस र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनुपर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरी देवि चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गदै नगर र सार्वजनिक सम्पतिको सुरक्षासँगै आमन नागरिकको सेवामा खटनु हुनेछ भन्ने विश्वास व्यक्त गरे । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।