ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

वडास्तरिय लोकभजन प्रतियोगिता मुक्तिश्वर प्रथम

४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

बुटवल, ०४ माघ ।
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको ब्यवस्थापनमा आयोजित दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिका वडा नं १७ को मुक्तेश्वर शिव मन्दिर भजन समुहले हातपरेको छ ।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १२ को परोपकार एकादशी भजन समुह द्वितीय, बुटवल ७ स्थित सिद्देश्वर शिवालय मन्दिर भजन समुह तृतीय र बुटवल ८ स्थित राधाकृष्ण मन्दिर भजन समुह सान्त्वना भएका छन् ।
विजेता तथा विभिन्न विधामा उत्कृष्ट हुने समुहलाई अपरान्ह बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुने समुहले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले लोक संस्कृतिको संरक्षण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले बिभिन्न जात जाति तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै सोही कार्यक्रम अन्तर्गत लोक भजन प्रतियोगिता आयोजना गरिएको बताए ।
“हाम्रो चाहना लोकसँस्कृतिको जगेर्ना” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाको सहयोग र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान लुम्बिनी प्रदेश समितिको ब्यवस्थापनमा दोश्रो लोक भजन प्रतियोगिता आयोजना गरिएको भन्दै नगर प्रमुख पाण्डेयले यस्ता खाले कार्यक्रमले नयाँ पुस्तालाई पुरानो मौलिक संस्कृति बारे ज्ञान प्राप्त हुने विश्वास ब्यक्त गरे ।
लोक संस्कृति जोगाउनु सबैको साझा लायित्व भएको बताउंदै उनले नयां पुस्तालाई लोक भजनमा आर्कषित गराउनु पर्नेमा जोड दिए ।
उनले लोक भजन हाम्रो संस्कृतिसंग जोडिएको बताउंदै लोपोन्मुखको अवस्थामा रहेको हाम्रो परम्परादेखिको लोकभजन जर्गेनका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बुटवल नगर भित्रका २६ वटा भजन समूहको सहभागीता रहेको निर्णायक डिल्लिनारायण पाण्डेयले जानकारी दिए ।
प्रथम, द्वितीय, तृतीय, सान्त्वनासहित प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ट हुने समूहलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा नेपाल लोक भजन चुट्का संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका संरक्षक तथा केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डेय र प्रतिष्ठानका पूर्व सदस्य नारायण भुसाल निर्णायकको भूमिकामा थिए ।
राष्ट्रिय लोक दोहोरी प्रतिठान लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगर, प्रतिष्ठानका सचिव योगराज पोखरेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?