ट्रेंडिंग:

>> भारतले ऐतिहासिक स्पेस–डकिंग परीक्षण सफलतापूर्वक सम्पन्न गर्यो >> पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी >> गायिका मेलिना राईको इन्गेजमेन्ट फोटो सार्वजनिक, विवाह शुक्रबार >> भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा >> माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाएपछि प्रचण्ड प्रफुल्ल >> पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित) >> ओली पोखरा पुग्दा, प्रचण्ड भने माडी, चितवन पुगे >> पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन >> प्यूठानमा बेवारिसे नवजात शिशुको शव भेटियो >> सैफ अली खानमाथि चक्कु प्रहार, शल्यक्रिया जारी >> हमास-इजरायल युद्धविराम आइतबारदेखि लागू हुने: कतारका प्रधानमन्त्री >> रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा >> अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्दार, ७८ शव निकालियो >> बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड >> सर्वोच्च अदालतद्धारा निकुञ्ज र संरक्षित क्षेत्र भित्र पूर्वाधार निर्माणको कानुन खारेज  >> अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व >> प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाई >> सानिमा बैंकले ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> बिपक्षी दलको पत्रकार सम्मेलन स्थगित >> हमास इजरायल बिचको युद्दबिराम पछि दुवै देशमा जनस्तरबाट स्वागत >> सुन चाँदीको मूल्य आज पनि उकालो >> मौद्रिक नीति र यसका उद्देश्यहरू >> देवदहमा राष्ट्रपति रनिङ्ग सिल्डको तयारी पुरा >> जनताको संवृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्न आग्रह >> थाईल्यान्डमा नेटा नम्बर वान >> एमाले–काँग्रेसको संयुक्त सरकारपछि देशको अर्थतन्त्र लयमाः योगेश भट्टराई >> खोई त नेपालीपन, नेपाली मन ? >> बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु >> निर्माण व्यवसायीलाई आश्वस्त बनाउ >> चिनी उद्योगले किसानलाई तौलमा ठग्दै >> कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित >> इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने >> माैसम पूर्वानुमान : आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो >> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने

माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाएपछि प्रचण्ड प्रफुल्ल

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

चितवन, ३ माघ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखिएको कारण राज्यले विशेष रूपमा सोच्नुपर्ने बताए।

प्रचण्डले भने, “बोटे समुदायलाई आदिवासी जनजातिमा राखिएको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।” उनका अनुसार बोटे समुदायको प्रगति भएको उनले छुटाएनन्।

“तपाईंहरू जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होम स्टे चलाएर पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईहरूको समुदायको प्रगति हो। यसलाई अझै बढाएर लैजानुपर्छ,” उनले भने।

चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेका थिए।

सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। बोटे समुदायका अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए, जवाफमा अध्यक्ष प्रचण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

बोटे समुदायको राजधानीको रूपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षात्कार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?