© २०२३
प्यूठान ३ माघ।
प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
शिशुको शव सालनालसमेत नकाटिएको अवस्थामा भेटिएको प्रहरीद्वारा जानकारी प्राप्त भएको छ।
स्थानीयवासीहरूले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।