ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

पश्चिम नेपाल विकास ट्रष्टद्वारा रक्तदान

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

बुटवल, २४ कात्तिक ।

पश्चिम नेपाल विकास ट्रष्टले रक्तदान कार्यक्रम गरेको छ । ट्रष्टले बुटवल स्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम संयोजक लक्ष्मी अधिकारीका अनुसार ५१ जनाले रक्तदान गरेका छन ।

सामाजिक कामलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोमप्रसाद गुरुङले बताए । रक्तदान कार्यक्रममा ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमी पुन, शकुन्तला पुन, राधा बेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

रक्तदाताहरुलाई अध्यक्ष मोमप्रसाद गुरुङसहित पदाधिकारीहरु तथा कार्यक्रममा सहभागी बेलायती नागरिकहरु आन कोनेलीले प्रशंसा पत्र प्रदान गरेका थिए । सचिव पदम घिमिरेका अनुसार ट्रष्टले अन्य कार्यक्रमहरुलाई पनि अगाडि बढाएको छ ।

दृष्टिविहिन र अपाङ्ग आश्रममा सहयोग
पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई र बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रमलाई नगदसहित विभिन्न सहयोग गरेको छ ।

ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थीतिमा सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा वेलायती नागरिकहरु समेत सहभागी रहेका थिए । सचिव पदम घिमिरेका अनुसार दृष्टिविहिन अनाथ आश्रममा र अपाङ्ग आश्रममा नगदसहित फलफूल प्रदान गरिएको थियो ।

पाणिनी दुर्वाशेस्वरमा एभोकाडोका विरुवा रोपियो
पश्चिम नेपाल विकास ट्रष्टले अर्घाखाँची पाणिनीस्थित दुर्वाशेस्वर (सात तले ) गुफाको आसपासमा एभोकाडोका विरुवा रोपेको छ । संस्थाका शुभचिन्तक बेलायती नागरिक व्रान कोनेलीको सम्झनामा उनकी श्रीमति आन कोनेलीको सहयोगमा विरुवा रोपिएको हो ।

ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मि अधिकारी, सदस्य देवीप्रसाद घिमिरेलगायतको उपस्थितिमा विरुवा रोपिएको थियो । सो अवसरमा वेलायती नागरिक आन कोनेलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पाणिनी गाउँपालिकाका स्वस्थ्य प्रमुख शेषकान्त घिमिरे, दुर्वाशेस्वर गुफा समितिका अध्यक्ष ढुण्डिराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।

ट्रष्टले अर्घाखाँचीको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउन पर्यटकीय महत्वको क्षेत्रमा वृक्षारोपण गरिएको अध्यक्ष गुरुङले बताए । त्यस्तै स्वास्थ्य प्रमुख घिमिरेले जिल्लाको महत्वपूर्ण स्थानमा एभोकाडोका विरुवा रोपिएकोमा प्रशंसा ब्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका रचनात्मक कामको अपेक्षा राखेको बताए । त्यस्तै ट्रष्टले ८० वर्षका तुल्सीराम गैरे र ७७ वर्षकी रेनुकला गैरेलाई सम्मान समेत गरेको थियो ।

ट्रष्टका सचिव घिमिरेका अनुसार वेलायती नागरिकसहित ट्रष्टको टोलीलाई अर्घाखाचीको महत्वपूर्ण स्थल पाणिनी तपोभुमि (पाणिनी दह)को पनि भ्रमण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?