ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

‘मिनी फेवाताल’ लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

भैरहवा, २४ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ताललाई आकर्षक गन्तव्यका रुपमा विकास गरिने जनाए ।

ताल निरीक्षण गर्न पुगेका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार एवं काँग्रेस केन्द्रीय सदस्य खाँणले यस क्षेमा अत्यन्तै पर्यटकीय सम्भावना बोकेको ताल हुनु यहाँको पर्यटन विकासको आधार रहेको जनाए । ‘मिनी फेवाताल’ नामले समेत परिचित यो ताललाई स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा विकास गरिने खाँणले बताए । ‘यो प्राकृतिक ताल हो, पहिला–पहिला सिंचाईका रुपमा प्रयोगमा आउने गरेको थियो, अब यसलाई पर्यटनसँग जोडेर विकास गरिने छ’, खाँणले भने, ‘कृषि क्षेत्रको सिंचाईसँगै पर्यटक आकर्षण गर्न सकियो भने यसले स्थानीयको आयस्तर मात्रै बृद्धि हुँदैन, मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।’

उनले आफूले विगतदेखि नै यो तालको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि काम गर्दै आएको जनाउँदै अबका दिनमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाइने बताए । ‘लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँसम्म ल्याउने वातावरण सिर्जना गरिनेछ’, उनले भने, ‘यसका लागि ताल क्षेत्रमा आवश्यक पूर्वाधार विकास–निर्माणमा कुनै कमी हुन दिनेछैन । समुचित विकास गरी आयआर्जनको माध्यम बनाइने छ ।’

गृहमन्त्री खाँणले ताल क्षेत्रलाई विकास गर्दा स्थानीय यससँग प्रत्यक्ष जोडिने जनाउँदै आयआर्जनका साथै रोजगारी पनि सिर्जना हुने बताए । ‘तालको विकास जति गर्न सकिन्छ, त्यति नै स्थानीय लाभान्वित हुनेछन्’, उनले भने, ‘हामीले तालको विकास गर्दा पनि स्थानीयलाई लाभ मिल्ने, रोजगारी सिर्जना हुने गरी गर्नेछौं ।’

यहाँ रहेको करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा ताल फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ । प्राकृतिकरुपमा बनेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापुर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उपमहानगर प्रमुख पाण्डेयका अनुसार भविष्यमा यहाँ होम–स्टे, वनभोज क्षेत्र, स्वीमिङ पूल, चिल्ड्रेन पार्क, बाल उद्यान जस्ता करोडौं लगानीका पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । तालको अहिले गुरुयोजना निर्माणको गरी विकास गर्ने तयारी भइरहेको छ । तालमा डुंगा सयरको व्यवस्था गरिएको छ । वरिपरि फुटपाथसहितको साइकल लेन बनाइएको छ । ताल निरीक्षणको क्रममा गृहमन्त्री खाँणले बोटिङ गरेर तालको पूरै निरीक्षण गरेका थिए । ‘ताल अत्यन्तै सुन्दर लाग्यो, यसको सुन्दरतामा थप विकसित गर्न जरुरी छ’, उनले भने, ‘यसको विकासका लागि मैले सबै किसिमका पहल गर्नेछु, यहाँ एकपटक आएका पर्यटक पटक–पटक आउने वातावरण बनाइने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?