ट्रेंडिंग:

>> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा >> दुई विभागीय टिमको उपाधि भिडन्त >> एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता >> दाउन्नेमा सडक सुचारु, जाम उस्तै >> राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व >> प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता दाङको लमहीमा हुँदै >> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन >> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु

एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

काठमाडौं, २४ पुस । एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस) को मान्यता पाउन सफल भएको छ । योसंगै एनसेल सूचना सुरक्षा र डेटा गोपनीयताको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी बन्न सफल भएको छ ।
“यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो ।”–एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको यसबाट स्पष्ट भएको उनले बताए । टेलिकम उद्योगमा उत्कृष्टताको प्रतिबद्धतालाई उजागर गर्न सफल भएको उनले दाबी गरे ।

यी मान्यताहरु ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण हो । यसले ग्राहकहरूलाई उनीहरुका व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरु सुरक्षित रहने प्रत्याभुति प्रदान गर्दछ ।

ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरुको डाटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चितता प्रदान गर्दछ । यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ । एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छ र सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?