© 2026
सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरेको बताएका छन्।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारभित्र रहेर हालसम्म ६३ वटा ऐन निर्माण गरिएको र केही ऐन निर्माणको प्रक्रियामा रहेको बताए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय तथा सहकार्य गरेर अघि बढिरहेको बताए। संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबैलाई विश्वासमा लिएर कानुन निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। साझा अधिकारका कतिपय विषय कार्यान्वयनमा केन्द्र सरकारको महत्वपूर्ण भूमिका रहेकाले त्यसमा सङ्घीय संसद्ले सहजीकरण गर्नुपर्ने उनले बताए।