Butwal Today

दसौँ राष्ट्रिय खेलकुदभित्रिएको सन्देश : कर्णालीमा बृहत् र्याली निकालियो

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

सुर्खेत ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा कर्णाली प्रदेशमा भित्र्याउनको लागि सुर्खेतमा बृहत् र्याली आयोजना गरिएको छ । दसौँ राष्ट्रिय खेलकुद अब भित्रियो भन्ने सन्देश दिन र्याली निकालिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा र्याली निकालिएको हो । मंगलगढीबाट सुरु भएको र्याली प्रदेश रंगशालासम्म पुगेको हो । र्यालीमा खेलाडी, प्रशिक्षक, आगन्तुक पाहुना, सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । र्यालीमा बाजागाजासहित कर्णालीका विभिन्न लोक सांस्कृतिक झाँकीहरु निकालिएको थियो ।

दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते हुने भएपनि खेल भने मंगलबारदेखि नै सञ्चालन गरिने तयारी गरिएको छ । त्यसका लागि केही प्रदेशका खेलाडी टोली आइतबारदेखि नै कर्णालीको राजधानी वीरेन्द्रनगर आइसकेका छन् ।

 

बासको उचित व्यवस्थापन

दसौँ राष्ट्रियमा बसोबासको लागि उचित व्यवस्थापन गरिएको छ । बास व्यवस्थापनको विषयमा चुनौति देखिने चर्चा चलिरहदा खेलकुद सञ्चालनको लागि गठित बास व्यवस्थापन उपसमितिले भने बसाईको लागि प्रयाप्त रहेको जनाएको छ ।

बास व्यवस्थापन उपसमितिले बनाएको पछिल्लो कार्यतालिकाअनुसार, प्रतियोगिताका खेलाडी, पाहुनाका लागि पर्याप्त होटल तथा बेड संख्या रहेको छ । उक्त समितिका संयोजक समेत रहेका प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले बास व्यवस्थापनको कुनै समस्यान हुने दाबी गरेका छन् ।

‘प्रतियोगिताको लागि चर्चा चलेको जस्तो कुनै समस्या छैन’उनी भन्छन्, ‘यहाँआउने पाहुनाहरुको लागि हामीले प्रयाप्त व्यवस्था गरेका छौ । ’हमालले होटलको अनुगमन गरेपछि यसमा कमी नआउने देखिएको जनाए ।

‘यसका लागि हामीले अनुगमन पनि गरेका छौ’ उनले भने, ‘अनुगमनपछि यहाँ बेडको समस्या नहुने देखिएको छ, वीरेन्द्रनगरमा राम्रा तथा स्तरीय होटलतथा रेस्टुरेन्टको विकास भएका छन् त्यसैले बसोबासका लागि समस्या हुँदैन ।’

उनकाअनुसार, अनुगमनपश्चात् ५ हजार ९०० बेड संख्या सुनिश्चित गरिएको जनाए। उनकाअनुसार, ५७ वटा होटलमा खेलाडी व्यवस्थापन गरिएको छ । ‘प्रतियोगिताको लागि सम्पूर्ण तयारीहरु पुरा भएका छन्,’ उनी भन्छन्, ‘कतिपय खेलाडी टिमहरु आइसकेका छन् भने कतिपय आउँदै हुनुहुन्छ ।’ कर्णालीमा भौतिक पूर्वाधारको तयारी तथा होटलको व्यवस्थाको तयारी पुरा गरिसकेका छौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?