© 2026
विराटनगर ।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुसार सुनसरीको दुहबी नगरपालिकामा फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ।
परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुहबी नगरपालिकामा निर्माण हुने परियोजनाको कुल लागत ५६ करोड रुपैयाँ छ। परियोजना सञ्चालनमा आएपछि सुनसरी र मोरङका विभिन्न पालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेश सरकारले २०८१ वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानीसम्बन्धी समझदारी भएको थियो।
ती समझदारीअनुसार निजी क्षेत्रबाट सञ्चालन हुने केही परियोजना सुरु भइसकेका छन् भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका परियोजना पनि कार्यान्वयनको चरणमा छन्।
हालसम्म पाँचवटा परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) भइसकेको छ भने थप १२ वटा परियोजना सम्झौताको चरणमा रहेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए।
यसैबीच, परियोजनालाई अगाडि बढाउन कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच पनि समझदारी भएको छ। समझदारीअनुसार कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीका पूर्वाधारसम्बन्धी परियोजना कार्यान्वयनका लागि बैंकले आवश्यक लगानी तथा वित्तीय सहजीकरण गर्नेछ।
प्रदेशको पूर्वाधार विकासलाई समृद्धिको आधार बनाउने उद्देश्यले प्रदेश सरकारले बैंकसँग सहकार्यको पहल गरेको हो।
समझदारीपत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले नीतिगत तथा कानुनी सुधार गरेर प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने काम भइरहेको बताए।
कोशी प्रदेशमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै उनले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा ठूलो अवसर रहेको बताए।
“हामी लगानी सम्मेलनमा भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नीतिगत र कानुनी सुधारमार्फत प्रदेशमा समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ,” मुख्यमन्त्री कार्कीले भने।
कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष महेशप्रसाद दाहालले बैंकले काम गर्ने क्षेत्र र अधिकारबारे जानकारी दिँदै कोशी प्रदेशको पूर्वाधार विकासमा साझेदार बन्न बैंक तयार रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग सञ्चालनका लागि ल्यान्ड पुलिङ गर्न सक्ने अवस्था नरहेको र जग्गा प्राप्तिको प्रक्रिया जटिल बन्दै गएको बताए। जग्गा प्राप्तिमा देखिएको समस्याले उद्योगधन्दा सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ छ।
उनले उद्योग सञ्चालनका लागि सहज रूपमा जग्गा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारले परियोजना सञ्चालनमा आए नगरवासी प्रत्यक्ष लाभान्वित हुने बताए।दुहबीमा ५६ करोडको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने

कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारले परियोजना सञ्चालनमा आए नगरवासी प्रत्यक्ष लाभान्वित हुने बताए।