ट्रेंडिंग:

>> दाङमामा २४ किलो लागुऔषधसहित तीन जना पक्राउ  >> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा >> दुई विभागीय टिमको उपाधि भिडन्त >> एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता >> दाउन्नेमा सडक सुचारु, जाम उस्तै >> राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व >> प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता दाङको लमहीमा हुँदै >> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन >> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता

राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

बुटवल, २४ पुस ।

राज्य टेलिभिजनको नयाँ नेतृत्वः ग्रामीण आवाजलाई प्राथमिकतामा राख्दै उपत्यका बाहिरको पहिलो सेटेलाइट टेलिभिजन राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व चयन भएको छ ।

बुधबार सम्पन्न प्रथम अधिवेशन तथा साधारण सभाले बिष्णु भुसालको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । जसमा बुटवल पब्लिकेशन प्रा. लि. को तर्फबाट नवराज कुँवर, सुमित राणा, डिपी खनाल, र प्रेमराज गैरे निर्वाचित भएका छन् ।

अध्यक्ष गोविन्द खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले टेलिभिजनलाई नयाँ गति दिने र यसको सञ्चालनलाई थप व्यवस्थित बनाउने उद्देश्यले विभिन्न निर्णयहरू गरेको छ । राज्य टेलिभिजनको आवश्यकता र महत्वलाई हेर्दा यसले सूचना, शिक्षा, मनोरञ्ज र जनचेतनाका विविध पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यसले विशेषगरी ग्रामीण क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर ती मुद्दाहरूलाई राष्ट्रिय एजेन्डामा बदल्न र समाधानको पहल गर्न महत्वपूर्ण योगदान पु¥याएको नवनिर्वाचित अध्यक्ष भुसालले बताए ।

नयाँ सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिष्णु भुसालले टेलिभिजनको भविष्यलाई नयाँ दिशामा लैजाने र आधुनिक सञ्चार माध्यमको रूपमा यसलाई प्रतिस्पर्धात्मक बनाउने योजनाहरू अघि सारेका छन् । यो समितिले सामग्री निर्माणमा नवीनता ल्याउने, डिजिटल प्रविधिको प्रयोग गरेर टेलिभिजनको पहुँच विस्तार गर्ने र स्थानीयतालाई प्राथमिकतामा राख्दै समाजका विभिन्न पक्षलाई समेट्ने नीति लिएको उनले जानकारी दिए ।

डिजिटल युगमा टेलिभिजनको प्रभाव घटिरहेको अवस्थामा, राज्य टेलिभिजनले आफूलाई समयसापेक्ष बनाउँदै दर्शकहरूलाई आकर्षित गर्न नयाँ रणनीतिहरू अपनाउने र अनुसार, टेलिभिजनले डिजिटल प्लेटफर्महरूसँग सहकार्य गरी सामग्रीको पहुँचलाई फराकिलो बनाउने, दर्शकहरूको रुचि र आवश्यकता अनुसार कार्यक्रमहरू निर्माण गर्ने, विज्ञापन तथा प्रायोजन कार्यक्रमहरू मार्फत आर्थिक स्थायित्व हासिल गर्ने योजनाहरू अघि बढाउने योजना रहेको सञ्चालक नवराज कुँवरले बताए ।

नयाँ नेतृत्वमा रहेका सदस्यहरूले आफ्नो अनुभव र ज्ञानको उपयोग गर्दै टेलिभिजनको व्यवस्थापनलाई सुदृढ बनाउने र यसलाई नवीन प्रविधिहरूसँग समायोजन गरी अझ प्रभावकारी बनाउने योजना लिएका छन् ।

नयाँ सञ्चालक समितिको नेतृत्वमा यसले आफूलाई अझ सशक्त, व्यवस्थित, र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने विश्वास गरिएको सञ्चालक कुँवरको भनाइ छ ।

बुटवलमा प्रधान कार्यालय रहेको यो टेलिभिजनले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो यात्रा प्रारम्भ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?