ट्रेंडिंग:

>> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ?

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए।

‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ’– अध्यक्ष प्रचण्डले भने, ‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’

आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै उहाँले भने – ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु ।  मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।

‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ, यो स्मरणीय छ । हिजो युद्ध, शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु’– अध्यक्ष प्रचण्डले भने,  ‘यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’
अहिलेको युगलाई नै सूचनाको युग भन्ने गरिएको उल्लेख गर्दै उनले डिजिटलाइजेसनले यो क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?